मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेसलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्छ : नेता सिंह

कांग्रेसलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्छ : नेता सिंह

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश )ख) र वडा नं ३१ ले आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए ।

“देशको राजनीतिक अवस्था पहिलेको जस्तो छैन । समय र परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई अफ्ठ्यारो पर्न सक्छ”, नेता सिंहले भने, “ठूलो पार्टी र इतिहासको मात्र कुरा गर्नुभन्दा आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ ।” पार्टीले गरेका राम्रा कामलाई प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्री सिंहले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने भन्दै पार्टीभित्र मदभेद हुनु स्वभाविक भए पनि एकअर्कालाई दोष लगाएर कोही बलियो हुन नसक्ने बताए । कांग्रेस कमजोर हुँदा व्यक्ति बलियो हुन नसक्ने उनको भनाइ थियो । नेता सिंहले आबका दिनमा पार्टीलाई विधिसम्मत् ढङ्गले अगाडि बढाएर आगामी निर्वाचनमा थप बलियो हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक पर्ने बताए । कांग्रेस केन्द्रीय समितिले गरेका निर्णय तल्लो तहका कार्यकर्ताले पालना गरेर अगाडि बढ्नुपर्ने भन्दै जनताको सेवामा लाग्न सबै कार्यकर्तालाई आग्रहसमेत गरे ।