मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

७८ औँ हिरोसिमा–नागासाकी स्मृति दिवस मनाइयो

७८ औँ हिरोसिमा–नागासाकी स्मृति दिवस मनाइयो

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले पारमाणविक बम प्रहार गर्दा भएको नरसंहारको ७८ औँ स्मृति दिवस मनाइएको छ ।

अफ्रो–एशियाली जनएकता सङ्गठन (आपसो) नेपालको आयोजनामा आज दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा बम प्रहार गर्दा भएको त्रासदीपूर्ण घटनाको स्मरण गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद (डिपी) अर्यालले विश्वलाई युद्धको आवश्यकता नभएकाले अब विचारको युद्ध अगाडि बढाउनुपर्ने बताए । “बुद्ध जन्मभूमिका हामी नेपालीले विश्वलाई शान्तिको सन्देश दिनुपर्छ”, उनले भने ।

सांसद अर्यालले संसारका अरु देश कसरी विकास भइरहेका छन् त्यसबाट नेपालले पाठ सिक्नुपर्ने उल्लेख गरे । उनले नेपाल र जापानबीचको सम्बन्ध प्रगाढ भएकाले यसलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका प्राडा मोतीलाल शर्मा भुसालले विश्वका धेरै देशबीच आणविक हातहतियार बनाउने होडबाजी चलेको भन्दै यसले विश्वलाई फाइदा नगर्ने बताए । रुस र युक्रेनबीचको पछिल्लो युद्धले विश्वमा समस्या हुँदै गएको उनको भनाइ थियो ।

प्राडा भुसालले भारतको हिमाञ्चल प्रदेश, पाकिस्तानको बलुचिस्तान र चीनको तिब्बतमा आणविक केन्द्रहरू रहेकाले त्यसको पाँच सय वर्गकिलोमिटर क्षेत्रभित्र नेपाल रहेकाले हामी आणविक हतियारको बारेमा गम्भीर हुनुपर्ने बताए ।

संस्थाका सहअध्यक्ष प्राडा प्रदीपकुमार खड्काले हतियार र परमाणु बमले मानव सभ्यतामाथि नै चुनौती थपिँदै गएको बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष प्राडा श्रीधर गौतम, महासचिव प्राडा गोपाल पोखरेल ‘विवश’, डा सविता श्रेष्ठलगायतले हिरोसिमा र नागासाकी आक्रमण मानव सभ्यताको कालो दिन भएको बताएका थिए ।

सन् १९५८ मा इजिष्टको कायरोमा सम्पन्न एशिया र अफ्रिकाका मुलुकको साझा प्रयासबाट अफ्रो–एसियाली जनएकता सङ्ठन स्थापना गरी नवउपनिवेशवाद, साम्राज्यवाद र विस्तारवादको विरुद्धमा काम गरिँदै आएको छ । उक्त सङ्गठन एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायतका ९० भन्दा बढी देशमा विस्तार भइसकेको छ ।

सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेटमा अमेरिकी बमवर्षक विमानले हिरोसिमाको आकाशबाट पारमाणविक बम ‘लिटिल बोय’ खसालेको थियो । बम खसेको केही समयमा नै हिरोसिमा खण्डहर बनेको थियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा मात्र दुई लाख मानिसको मृत्यु भएको थियो ।

हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए । नागासाकीमा मात्रै एक लाख ४० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।