मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस अझ बलियो भएको छ : नेता महर

कांग्रेस अझ बलियो भएको छ : नेता महर

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन् ।

चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र सरकार दुवैलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुगेको बताए ।

उनले पार्टीले जनताका मुद्दामा सरकारलाई निर्देशन गर्ने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध भएर भएर लाग्न अनुरोधसमेत गरेको बताए । “गठबन्धनको सबैभन्दा ठूलो दलले आफ्ना नेता भ्रष्टाचारमा मुछिँदा सरकारबाट बाहिरिन पनि सक्थ्यो तर हामीले हरेक भ्रष्टाचारका मुद्दामा छानबिनका लागि सहयोग गर्ने उद्देश्यले त्यसो गरेनौँ”, उनले भने।

उनले वर्तमान अवस्थामा कांग्रेसको धरातल कमजोर नभएको बताए । उनले पार्टी र जनप्रतिनिधिको समन्वयमा काम हुनुपर्ने भन्दै त्यसका लागि पार्टीले देशभर निर्देशन गरिसकेको समेत स्पष्ट पारे । नेता महरले भ्रष्टाचारका मुद्दामा पार्टीले कसैको पक्षपोषण नगर्ने भन्दै निष्पक्ष छानबिनका लागि सहयोग गर्ने बताए ।