मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेसले जनताको समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्छ : नेता पौडेल

कांग्रेसले जनताको समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्छ : नेता पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले जनताको समस्यालाई आफ्नो ‘मुद्दा’ बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आयोजना गरेको ‘महानगर सम्मेलन’मा उनले कांग्रेसले जनताका जल्दाबल्दा समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताए ।

“कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे आगामी निर्वाचनमा कांग्रेस सशक्त पार्टीका रूपमा स्थापित हुनसक्छ”, उनले भने । नेता पौडेलले नेपाली राजनीतिको विश्वविद्यालय कांग्रेस पार्टी भएकाले कांग्रेसबाट अरु पार्टीले समेत पाठ सिक्नुपर्ने बताए ।

उनले स्वतन्त्रताको पक्षधर पार्टी कांग्रेस भएकाले कांग्रेसले स्वतन्त्रतालाई बन्देज गर्न नमिल्ने धारणा राखे । “मुलुकको विकासको नेतृत्व गरेको पार्टी कांग्रेसले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएको छ, जनताको समस्या समाधान गर्ने पार्टी कांग्रेस हो”, उनले भने ।

उनले कांग्रेस जनताको पार्टी हो भन्ने सन्देश दिन सके आगामी निर्वाचन सजिलै जित्न सक्ने बताए । सरकारमा बस्दा जनताको समस्या समाधान गर्न सकेनौँ भने आगामी निर्वाचन जित्न कांग्रेसलाई गाह्रो हुने उनको भनाइ थियो ।