मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

लोकतन्त्रलाई बलियो बनाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री खड्का

लोकतन्त्रलाई बलियो बनाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री खड्का

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानुन व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए) नेपालको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको पदस्थापन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई बलियो बनाउन कानुन व्यवसायीको भूमिका रहेको बताएका हुन् ।
“नेपालको लोकतान्त्रिक आन्दोलनमा डिएलएको ऐतिहासिक भूमिका रहेको छ, यसलाई कांग्रेसले उच्च मूल्याङ्कन गर्दै आएको छ”, उनले भने । पार्टीका उपसभापतिसमेत रहेका खड्काले डिएलएमा आबद्ध कानुन व्यवसायीलाई कांग्रेसले आगामी दिनमा उचित मूल्याङ्कन गर्ने बताए । आगामी दिनमा पार्टी डिएलएसँग सरसल्लाह र सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।
कांग्रेस सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले डिएलएले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई ठूलो सहयोग पुर्‍याएको बताए । कांग्रेस सङ्खुवासभाका सभापतिसमेत रहेका सांसद खड्काले न्यायाधीश नियुक्ति गर्दा डिएलएसँग परामर्श गरेर अगाडि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । पार्टीलाई आवश्यक पर्ने कानुनी परामर्शमा डिएलएका साथीहरूले निःशुल्क गर्नसमेत उनले आग्रह गरे ।
नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कांग्रेसले पार्टीनिकट वकिललाई राम्रोसँग हेर्न नसकेको गुनासो गरे । उनले डिएलएबाट आफूले नेपाल बार एसोसियसनको प्रतिनिधित्व गरेकाले नेपाल बारको साख घट्न नदिनेगरी आफूले काम गरिरहेको उल्लेख गरे ।
डिएलएका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले कांग्रेसले जितेका स्थानीय तहमा डिएलए आबद्ध वकिललाई कानुनी सल्लाहकारको रूपमा नियुक्ति गर्न पार्टीले पहल गर्नुपर्ने बताए ।
डिएलएका निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष बसन्तराम भण्डारीलगायतले योग्यता र क्षमताका आधारमा न्यायलयमा डिएलए आबद्ध कानुन व्यवसायीको प्रतिनिधित्व गर्न पार्टी लाग्नुपर्ने बताएका थिए ।
सोही अवसरमा डिएलएको महाधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । रासस