मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली

द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताएका छन् । लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा वर्ल्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तर्क्रियामा उनले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेको बताए ।

“कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सिर्जना थप्ने काम गरेका छन्”, उनले भने, “जसले गर्दा विश्व शान्ति स्थापना गर्न चुनौती भएको छ ।” उनले आफूहरूले शान्ति स्थापना गर्न लागिपरेको बताउँदै नेपाल द्वन्द्व र हिंसाको पक्षधर नबन्ने बताए । अध्यक्ष ओलीले अहिले गरिबी र भोकमरीले मानिसले शान्तिको अनुभूति गर्न नसकेको भन्दै मानिसलाई गरिबी र भोकमरीबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।

उनले मानवअधिकार, सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार भएको बताउँदै नेपालमा महिला अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए । अध्यक्ष ओलीले काउन्सिललाई विश्व शान्ति स्थापनाका लागि प्रभावकारीरूपमा काम गर्न आग्रह गरे ।

नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले शान्तिका लागि राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।