मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
डिसी मेट्रो   
मुख्य समाचार   

BDA र SANN को चौथो संयूक्त अधिवेशन बाल्टिमोरमा सम्पन्न, बीडीएको अध्यक्षमा भुषणलाल चयन

BDA र SANN को चौथो संयूक्त अधिवेशन बाल्टिमोरमा सम्पन्न, बीडीएको अध्यक्षमा भुषणलाल चयन

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाल्टिमोर(अमेरिका)- ब्लड डोनर्स अफ अमेरीका र सोसाईटि अफ अमेरीकन नेप्लीज नर्सको चौथो संयूक्त महाधिवेशन  मेरील्याण्डको बाल्टिमोरमा  सम्पन्न भयो ।

नेपाली राजदुताबासका डेपुटी चिफ कुमारराज खरेलद्धारा उद्धाटन गरिएको कार्यक्रममा स्टेट डेलिगेट ह्यारी भण्डारीे, बानाका अध्यक्ष सुबोधबिलास पन्त, बिडीएका अध्यक्ष लिलाराज दाहाल र सानका अध्यक्ष मन्जु संग्रौला लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथी कुमारराज खरेलले नेपालीहरु प्रदेशमा आएर पनि समाजसेवामा अहोरात्र खटेको देख्दा आफुलाइ गर्व लागेको बताए । जसबाट नेपाल र नेपालीको नाम सधै उच्च राख्न यसले धेरै टेवा प¥याई रहेको भन्दै सम्मेलन सफलताको कामना गरे । त्यसैगरी डेलिगेट ह्यारी भण्डारीले अहिले अमेरीकामा हजारौ नेपाली डाक्टर र नर्सले सेवागरी यहाको स्वास्थ्य क्षेत्रमा धेरै ठुलो योगदान पु¥याएको भन्दै सबैलाई धन्यवाद दिए । कार्यक्रममा डेलिगेट ह्यारीले समाजमा अमुल्य योगदान पु¥याएका बिडीए अध्यक्ष लिलाराज दाहाल, निर्वतमान अध्यक्ष डा.नन्द रेग्मी सानका अध्यक्ष मन्जु संग्रौलालाई Official Citation प्रदानगरि सम्मान गरेका थिए ।

र्कायक्रमा उपस्थित सबैलाई स्वागत गर्दै बिडीएका अध्यक्ष लिलाराज दाहाले बिगत बर्षहरुमा भए गरेका कृयाकलापहरुको बारेमा प्रकास पारेका थिए । त्यसैगरी सानका अध्यक्ष मन्जु संग्रौलाले सानको गतिबिधी प्रकाश पारेकी थिइन ।

कार्यक्रमको दोश्रो सत्रमा सम्पन्न बीडीएको चौथो अबिधेशनले भुषणलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत तरिकाबाट १३ सदस्सिय कार्यसमिती गठन गरेको छ । यसरी गठित समितीका अन्य पदाधिकारीहरुमा कमश बरिष्ठ उपाध्यक्ष शिब काफ्ले, उपाध्यक्ष संजय श्रेष्ठ, टिका पौडेल, शारदा श्रेष्ठ, महासचिव डा. सिरोज पोखरेल, सह सचिव सुशिल पंगेनी, कोषाध्यक्ष श्रीराम लुईटेल रहेका छन् । त्यसैगरी संस्थाका बोर्ड सदस्यहरुमा झमक निरौला, गंगा थापा, तारा अधिकारी, अजय बगाले, बिरोचन नेपाल रहेका छन् ।

सान र बिडीए दुबै नेपालीको सकृयतामा स्थानीयहरुको सहयोगकोलागी खोलिएको संस्था हो । यही जुलाई २१ र २२ तारिकमा सम्पन्न संयुक्त अधिवेशनमा अमेरिकाको बिभिन्न स्टेटबाट नेपालीहरु जम्मा भएका थिए । कार्यक्रम बीडीए मेरील्याण्डका संयोजक तथा चौथो संयूक्त सम्मेलनका संयोजक शुशिल पंगेनीको सभापतित्व संम्पन्न भएको थियो ।