मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
बिश्व घटना   

युनेस्कोमा फर्कन पाएकोमा गर्व छ : जिल वाइडेन

युनेस्कोमा फर्कन पाएकोमा गर्व छ : जिल वाइडेन


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

पेरिस । अमेरिकी प्रथम महिला जिल बाइडेनले ट्रम्प प्रशासनको समयमा संयुक्त राज्य अमेरिकाले सदस्यता त्यागेको संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक संस्था (युनेस्को)मा आफ्नो देश पुनः सामेल भएकोमा आफू र आफ्ना पतिसमेत रहेका अमेरिकी राष्ट्रपति जो वाइडेनलाई गर्व लागेको बताएकी छन् ।

जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि फ्रान्सको पहिलो औपचारिक भ्रमणमा रहेकी बाइडेनले पेरिसस्थित युनेस्को मुख्यालयमा दिएको सम्बोधनमा अमेरिका विश्व समुदायको हिस्सा भएकाले वासिङ्टनको ‘लोकतन्त्र, समानता र मानव अधिकारजस्ता हाम्रा मूल्य मान्यताका लागि लडाईं’ सहज भएको बताइन् ।

Advertisement

उनले भनिन्, “संयुक्त राज्य अमेरिका एक्लैले यो गर्न सक्दैन, तर हामीले मार्गको नेतृत्व गर्न मद्दत गर्नुपर्छ । त्यसैले हामी युनेस्कोमा पुनः सामेल हुन पाएकोमा गौरवान्वित छौँ ।”

सन् २०१७ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले युनेस्कोले इजरायलविरुद्ध पूर्वाग्रह राखेको आरोप लगाउँदै अमेरिकालाई युनेस्कोबाट अलग गर्ने घोषणा गरेका थिए । यो निर्णय सन् २०१८ मा लागू भएको थियो ।

सन् २०१७ देखि युनेस्कोको नेतृत्व गर्दै आएकी फ्रान्सकी पूर्व संस्कृतिमन्त्री अड्रे अजोलेले अमेरिकालाई फिर्ता ल्याउने विषयलाई प्राथमिकता दिएकी थिइन् ।

गत महिना संयुक्त राष्ट्रसङ्घको महासभाको असाधारण अधिवेशनले देशको पुनरागमनको पक्षमा अत्यधिक मतले मतदान गरेको थियो, तर चीन र रूसलगायतका केही मुलुकबाट यस सम्बनधमा असहमतिका स्वरहरू उठेका थिए ।

युनेस्कोको संस्थापक सदस्य संयुक्त राज्य अमेरिकाले सन् २०११ सम्म आफ्नो बजेटमा ठूलो योगदान गरेको थियो तर जब यस निकायले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गरेपछि युनेस्कोमा अमेरिकाको असहमति सुरू हुन थालेको थियो । यसले अमेरिकी कानुनअन्तर्गत योगदानको अन्त्य गर्‍यो र छ वर्ष पछि औपचारिकरूपमा युनेस्कोबाट हटेको घोषणा गर्‍यो ।

सन् २०११ मा युनेस्कोको योगदान स्थगन हुनुअघिसम्म संयुक्त राज्य अमेरिकाले युनेस्कोको बजेटको करिब २२ प्रतिशत अर्थात् सात करोड ५० लाख अमेरिकी डलर तिर्दै आएको थियो ।

डेमोक्र्याटिक पार्टीको पूर्ण नियन्त्रण रहेको अमेरिकी कङ्ग्रेसले गत वर्षको डिसेम्बरमा संयुक्त राज्य अमेरिकालाई बजेटमा १५ करोड अमेरिकी डलर छुट्याएर कोष पुनः स्थापना गर्न मार्ग प्रशस्त गरेको थियो । एएफपी (Photo by Bertrand GUAY / POOL / AFP)

शेयर गर्नुहोस:

27
Shares