मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रकाश सपूतको ‘दमाई महाराज’ सार्वजनिक (भिडियो सहित)

प्रकाश सपूतको ‘दमाई महाराज’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं । गायक प्रकाश सपूतले ‘दमाई महाराज’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा महिला भोकलमा शान्तिश्री परियारले साथ दिएकी छन् ।

भजन शैलीमा ल्याइएको गीत जातीय विभेदविरुद्ध रहेको छ । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

गीतले मन भुलाउन सहयोग गर्ने विश्वास लिएको सपूतले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भनेका छन्, “यो गीतले हाम्रो मन भुलाउन सहयोग र विश्वास गर्नेछ । भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्नेछ ।”

उनले गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । भिडियो निर्देशन पनि उनी स्वयंले गरेका छन् । भिडियोको कन्सेप्ट डिजाइन पनि सपूतकै रहेको छ ।

कोरियोग्राफी गजित विष्टले गरेको भिडियोमा अभिनय सपूत स्वयंका साथ अञ्जली अधिकारीको छ ।

सपूतले विसं. २०८० सालमा जातीय विभेदविरुद्धका सिर्जना ल्याउने बताएका छन् । यसको सुरुआत उनले ‘दमाई महाराज’बाट गरेका छन् । सपूत समाजमा रहेका घटनालाई जस्ताको तस्तै टपक्क टिपेर गीति सिर्जनामा पस्किन सफल सर्जकको छवि बनाउँन सफल गायक हुन् । १२खरीबाट