मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

गायक तथा संगीतकार दीपक बज्राचार्यको ‘प्रोजेक्ट नजिक’ घोषणा

गायक तथा संगीतकार दीपक बज्राचार्यको ‘प्रोजेक्ट नजिक’ घोषणा


शेयर गर्नुहोस:

4.9k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’को घोषणा गरेका छन् । सांगीतिक प्रस्तोता र दर्शकलाई निकट ल्याउने अवधारणाअनुसार उनले यो अभियान सञ्चालनमा ल्याउन लागेका हुन् । नयाँ गीत ‘एक्लो’सँगै उनले ‘प्रोजेक्ट नजिक’ घोषणा गरेका छन् ।

हाल तयार पारिसकेका नयाँ तथा पुराना नौ गीतलाई एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेको उनले बताए । ‘हाल नौवटा गीत तयार पारेको छु, १२ वटासम्म यो प्रोजेक्टमार्फत सार्वजनिक गर्ने लक्ष्य छ,’ उनले भने, ‘यसको उद्देश्य दर्शक(श्रोता र पर्फमरलाई नजिक गराउनु हो ।’

Advertisement
ADVERTISEMENT

दीपकले यो अभियान स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी गरेका छन् । जसको पहिलो प्रारुपको रुपमा नयाँ गीत ‘एक्लो’लाई लिइएको छ । गीतलाई म्युजिक भिडियोमा मात्र सीमित नगरेर सीधै दर्शकमाझ प्रस्तुत गर्ने सोचअन्तर्गत उनले ‘प्रोजेक्ट नजिक’को थालनी गरेको जानकारी दिए । रिकी शाक्यको शब्द, जेम्स प्रधानको संगीत रहेको गीत ‘एक्लो’मा दीपककै एरेन्ज छ ।

दीपकका अनुसार ‘प्रोजेक्ट नजिक’ एक डिजाइनिङ शो हो, जुन तीन भागमा विभाजन हुनेछ । पहिलो भागलाई अनप्लग लाइभ अर्थात् स्पट लाइभ इभेन्ट भनिएको छ । जसमा गीतलाई अहिलेसम्म नसुनिएको शैलीमा प्रस्तुत गरिने भएको छ । दोस्रो भागमा मीट एण्ड ग्रीट तय गरिएको छ । जसअन्तर्गत दर्शक र श्रोतालाई निकट तुल्याएर रमाइलो गर्ने र सो क्षणलाई तस्बिरमा कैद गर्ने उनको योजना छ ।

तेस्रो भाग अपबिट कन्सर्ट अर्थात् इडिएम हो । जसमा कार्यक्रमको मजा लिंदै नाच्दै, गाउँदै रमाउँदै नयाँ र पुराना गीतको प्रस्तुतिमा रमाउने सोच रहेको दीपकले बताए । ‘समग्रमा प्रस्तोता (संगीतकर्मी) र दर्शकलाई निकट ल्याउनु ‘प्रोजेक्ट नजिक’को उद्देश्य हो,’ दीपकले भने ।

शेयर गर्नुहोस:

4.9k
Shares