मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री

वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपाली र श्रमिक वर्गको हितका लागि सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् ।
कम्युनिस्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आइतबार आयोजित नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोशीको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा उनले विगतका कमीकमजोरीको समीक्षा गर्दै फेरि नेकपातिरै फर्कनुपर्ने धारणा राखे ।
विश्वको कम्युनिस्ट आन्दोलन एकता, सङ्घर्ष विभाजनबाट गुज्रिँदै अगाडि बढेको उदाहरण दिँदै उनले यसअघिको एकताको असफलताबाट पाठ सिकेर कम्युनिस्ट एकता गर्न सबै लाग्नुपर्ने बताए ।
“एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेकपा बनेपछि, आमजनतामा ठूलो उत्साह आयो, प्रतिक्रान्ति आतङ्कित भयो, तर दुर्भाग्य त्यो एकतालाई बचाउन सकेनौँ, यसप्रति म कसैलाई दोषारोपण गर्न चाहन्न । त्यतिबेला कहाँनिर हाम्रो विचार, राजनीति, आचरण, चिन्तन, संस्कृति, भावना कहाँनिर त्रुटि भयो, त्यसको गम्भीर समीक्षा गर्दै त्यसबाट शिक्षा लिएर एकताबद्ध भएर जानुपर्छ”, उनले भने ।
उनले तत्कालीन समयमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छिटोभन्दा छिटो कम्युनिस्टसँग एकता गर्दै देशलाई आर्थिक समृद्धितर्फ, समाजवादतर्फ लैजान सकिन्छ भनेको स्मरण गरे । “कम्युनिस्ट एकता गरेपछि झण्डै दुई तिहाइ मत पनि प्राप्त भयो तर हामीले त्यसलाई जोगाउन सकेनौँ”, उनले भने ।
उनले समाजवादी मोर्चा गठन वामपन्थी एकताको सुरुआत भएको बताए । उनले माधव नेपाल र आफूबीच फेरि नेकपातिर फर्केर पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेमा समझदारी भएको समेत उनको भनाइ छ ।
“अहिले म, माधवकुमार नेपाल, विप्लब र उपेन्द्र यादव समेतले समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ”, उनले भने ।
सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भए पनि समाजादको स्थापना गरी जनताको जीवनलाई आमूल परिवर्तन गर्ने जिम्मेवारी बाँकी नै रहेको बताए ।
“समाजवादको स्थापना गर्दै जनताको जीवनमा आमूल परिवर्तन ल्याउने मुख्य जिम्मेवारी कम्युनिस्ट पार्टीले मात्रै पूरा गर्न सक्छ”, उनले भने, “अहिले त्यो जिम्मेवारी पूरा गर्ने कार्यको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहनुभएको छ ।”
नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले देशमा वामपन्थीको ठूलो जनमत हुँदा पनि कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए । उनले भने, “अहिले कम्युनिष्टहरु विभाजित भएर होइन, जुटेर सबै एकैठाउँमा बसेर जानुपर्ने बेला आएको छ ।” रासस