मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

श्रमिकका समस्या समाधान गर्न सरकार लाग्छ : उपप्रधानमन्त्री खड्का

श्रमिकका समस्या समाधान गर्न सरकार लाग्छ : उपप्रधानमन्त्री खड्का

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले श्रमिकको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले श्रम आयोग निर्माण, सामाजिक सुरक्षा कोष लागू गर्ने बारेमा सरकार सकारात्मक रहेको बताए । “श्रमिकको समस्या र मुद्दा समाधानका लागि पार्टी र सरकार दुवै लाग्नेछ”, कार्यवाहक सभापतिसमेत रहेका उपप्रधानमन्त्री खड्काले भने ।

कार्यवाहक सभापति खड्काले पार्टीको नेतृत्व तहमा श्रमको प्रतिनिधित्व गराउने विषयमा पार्टी नेतृत्व सकारात्मक रहेको उल्लेख गरे । उनले श्रमिकका मुद्दालाई समाधान गर्न थुप्रै ऐन, कानुन निर्माण भए पनि कार्यान्वयनमा समस्या देखिएको बताए ।

उनले मजदुरका समस्यालाई ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनमा व्यापक छलफल गरेर निस्किएका निष्कर्ष पार्टी र सरकारलाई बुझाउन आग्रहसमेत गरे । छलफल र सहमतिको माध्यमबाट सङ्गठनलाई अगाडि बढाउन सके मात्र पार्टी बलियो हुने उनको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले मुलुकको अवस्था जटिल रहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्न पार्टी लाग्ने स्पष्ट पारे ।

कांग्रेसका नेता डा शेखर कोइरालाले श्रम आयोग र श्रम अदालत बनाउन आफूले पहल गर्ने बताए । उनले पार्टीको केन्द्रीय तहमा ट्रेड युनियन कांग्रेसको प्रतिनिधित्व गराउने विश्वास व्यक्त गरे ।

“सरकार कता कता बरालिन थालेको छ, दण्डहिन्ता र भ्रष्टाचारका विरुद्धमा हाम्रो साथीहरू उभिनुपर्छ, सरकारमा कांग्रेस साथीको राम्रो उपस्थित छ, हाम्रा साथीहरू सजक हुनुपर्छ”, उनले भने । उनले नेपाल ट्रेड युनियन आन्दोलनलाई नयाँ धाराका साथ अगाडि बढाउन आवश्यक रहेको बताए ।