मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

संसद्लाई भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनाउन नागरिक खबरदारी

संसद्लाई भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनाउन नागरिक खबरदारी


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस् भन्दै नागरिक खबरदारी गरेको छ ।

शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्षनेतासहित मूल दोषीलाई कारबाही गर भन्ने आह्वानसहित बिहीबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको हो । यसैगरी चुरे ध्वस्त पार्ने नीतिको शान्ति समाजले विरोध गरेको छ । मानवअधिकारमैत्री ऐन बनाइ सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह पनि गरिएको छ ।

Advertisement

प्रदर्शनमा ‘चुरे ध्वस्त पार्न पाइँदैन : मधेसमारा नीति चाहिँदैन’, ‘शीर्षनेताहरुको सम्पत्ति छानबिन खोइ ?’, ‘भ्रष्टाचारी नेताको स्वर ठूलो किन ?’, ‘सार्वभौम संसद् राष्ट्रिय पञ्चायतजस्तो नबनोस्’, ‘शीर्षनेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्’, ‘भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा’, ‘भ्रष्टाचारविरोधी अभिलेख संसद्को रेकर्डबाट किन हटाइयो ?’, ‘पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन सुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा केदारनरसिह केसी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहामगर, दिवाकर पुडासैनी, गीता तिमल्सिना, भगवान् पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइँकेलसहित १६ जनालाई गिरफ्तार गरेको थियो । रासस

शेयर गर्नुहोस:

162
Shares