मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

भ्रष्टाचारविरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिन्छ : नेता केसी

भ्रष्टाचारविरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिन्छ : नेता केसी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचारविरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आयोजना गरेको ‘काठमाडौँ तदर्थ समिति घोषणा’ सभामा उनले भ्रष्टाचारीलाई जोगाउन कांग्रेस नलाग्ने बताए । “कांग्रेस भ्रष्टाचारविरुद्धको अभियानमा खरो रुपमा उभिन्छ, कांग्रेसले भ्रष्टाचारीलाई जोगाउँदैन”, उनले भने र

नेता केसीले कांग्रेसले आउने दिनमा विद्यार्थी, तरुण युवा, महिला, दलित, जनजाती, होटल व्यवसायीलगायतलाई सही ढङ्गले परिचालन गरेर सङ्गठन निर्माणमा लाग्ने बताए । उनले भर्खरै निर्माण भएको तदर्थ समितिले सबैलाई समेटेर अगाडि बढ्न आग्रह गरे ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घलाई पार्टीको भ्रातृ संस्थाको रुपमा मान्यता दिन आफूले पहल गर्ने बताए । उनले देशभरका ८० हजार होेटल व्यवसायीले लाखौँ युवालाई रोजगारी प्रदान गर्दै आएको भन्दै होटल व्यवसायीको सम्मानमा सरकार लाग्नुपर्ने बताए । ग्राहकलाई सन्तुष्टि दिने गरी काम गर्न उनले सम्पूर्ण होटल व्यवसायीलाई आग्रह गरे ।

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घ काठमाडौँ जिल्लाको अध्यक्षमा सुदीप श्रेष्ठ चयन भएका छन् छ । सङ्घको आज सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा दुर्गा थापा र मनोहरी कँडेल, सचिवमा शैलेन्द्रविक्रम थापा र ठाकुर सापकोटा, सहसचिवमा अमरविकास रिजाल र कोषाध्यक्षमा राजु घिमिरे निर्वाचित भएको होटल व्यवसायी गणेश ढकालले जानकारी दिए । सदस्यमा ईश्वर न्यौपाने, जीवन ढकाल, भोजराज भुसाल, मनोजकुमार लोहनी, ईश्वर पौडेल, पशुपति दाहाल, नकुल भट्टराई र निरज बस्ताकोटी भएका छन् । रासस