मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

नेटफ्लिक्सको पासवर्ड सेयरिङ सुविधा बन्द

नेटफ्लिक्सको पासवर्ड सेयरिङ सुविधा बन्द

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेटफ्लिक्सले मंगलबार अमेरिका र बेलायतका प्रयोगकर्तालाई इमेल गर्दै पासवर्ड सेयरिङ सुविधा बन्द भएको जनाएको छ । घरबाहिर पासवर्ड सेयर गर्नुपरे बेलायतमा मासिक अतिरिक्त ४.९९ डलर र अमेरिकामा ७.९९ डलर तिर्नुबारे सूचित गरेको नेटफ्लिक्सले जनाएको छ । यो कदम ग्राहक वृद्धि गर्ने नेटफ्लिक्सको योजनाको रुपमा हेरिएको छ ।

परीक्षण सुरु भइसकेका केही मुलुकका केही प्रयोगकर्ताले चाहिं कम्पनीलाई ठगिरहेको जनाइएको छ । स्पेनमा अतिरिक्त शुल्क ५.९९ युरो तय गरिएपछि उसले त्यो मुलुकमा वर्षको पहिलो तीन महिनामा एक मिलियन भन्दा बढी ग्राहकहरू गुमाएको जनाइएको छ ।

जुन घरको टीभी-मोबाइलमा नेटफ्लिक्स हेरिन्छ अर्थात् जुन आईपी एड्रेसबाट टीभी चलेको हुन्छ, त्यसलाई कम्पनीले ‘परिवार’को रूपमा व्याख्या गरेको छ । डिभाइस र आईपी ठेगाना परिवर्तन भए नेटफ्लिक्स एपमार्फत हाउसहोल्ड रिसेट गर्न सकिन्छ । रिसेटको प्रक्रिया पूरा गरेपछि नेटफ्लिक्सले प्रयोगकर्ताको इमेल वा फोन नम्बरमा भेरिफिकेसन लिंक पठाउँछ । उक्त लिंक खोलेपछि हाउसहोल्ड रिसेट गर्न मिल्छ । यस प्रक्रियामा कम्पनीले कुनै पनि प्रयोगकर्ता वा उनीहरूका डिभाइसको जीपीएस डेटा संकलन नगर्ने स्पष्ट पारेको छ ।