मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी रिहा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । कैलालीको टीकापुर घटनामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी आज गणतन्त्र दिवसका अवसरमा जेलमुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ व्यक्तिलाई कैद सजाय माफी गरेपछि उनी डिल्लीबजारस्थित सदरखोरबाट रिहा भएका हुन् ।

Advertisement

चौधरीको रिहाइपछि उनीसम्बद्ध पार्टीका नेता कार्यकर्ता एवं शुभेच्छुकले स्वागत गरेका थिए । जेलमुक्त भएपछि चौधरीले माइतीघरमण्डलामा पुगेर नेता कार्यकर्तामाझ खुसी आदानप्रदान गरेका थिए । उनी भेटघाटका लागि कैलाली पुगेका छन् ।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनाको दोषी ठहर गर्दै चौधरीलाई जम्मकैदको सजाय हुनेगरी अदालतले फैसला गरेको थियो ।

राष्ट्रपति पौडेलले यही जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई कैद सजाय माफी दिएका हुन् । विभिन्न अदालतबाट विभिन्न समयमा भएका फैसलाबमोजिम उनीहरुको कैद सजाय माफ गरिएको हो । रासस

शेयर गर्नुहोस:

54
Shares