मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   
मुख्य समाचार   

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

‘काठमाडौँ । मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डिएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारेकी छन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन् । समारोहमा १२ सहविधाका विजेतासमेत घोषणा गरियो ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले बर्सेनि गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउने छिन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ । रासस

शेयर गर्नुहोस:

324
Shares