मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेजामा भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व

नेजामा भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौं अधिवेशनले आउँदो दुई वर्षका लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।

शनिबार र आइतबार अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनमा भएको आठौं अधिवेशन तथा १६ औं साधारण सभाले सुरज भण्डारीको नेतृत्वको नयाँ नेतृत्व चयन गरेको हो । भण्डारी र मधुकर अधिकारीका बीच अध्यक्षमा प्रतिस्पर्धा भएको थियो ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अधिवेशन तथा साधारण सभाको उद्घाटन गरेका थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सुजन पण्डित, बाबुराम दाहाल, जानु पँगेनी र प्रतिमा बाँस्कोटा निर्विरोध चयन भएका छन् ।

त्यस्तै तीन क्षेत्रीय संयोजक मध्य उत्तर क्षेत्रबाट सुपेन्द्र बस्नेत, मध्यक्ष क्षेत्रबाट शंकर थापा र पश्चिम क्षेत्रबाट रोशन अधिकारी चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा केशव रेग्मी, झरना अधिकारी, इश्वरी न्यौपाने र हेमराज बराल चयन भएका छन् ।


कार्यक्रमको शनिबार उद्घाटनका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विष्टले नेपालको पत्रकारहरुको क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि नेजाले प्रदान गर्दै आएको ग्रामीण पत्रकारिता पुरस्कारको निकै योगदान रहेको स्मरण गर्दै प्रवासको पत्रकारिता प्रतिपक्षी चरित्रको भन्दा पनि प्रवासी नेपाली समाजको हितका लागि सकारात्मक र सूचनामुलक हुनका लागि सुझाव दिए ।

विगत केही वर्षदेखि महासंघ र नेजाका बीचमा सम्बन्ध प्रगाढ बन्दै गएको चर्चा गर्दै विष्टले दुई संस्थाबीचको सम्बन्ध आगामी दिनमा संगठित र मजवुत हुने बताए ।

कार्यक्रमका महासंघकी सल्लाहकार निर्मला शर्माले नेपालका अझै पनि पत्रकारितामा पेशागत सुरक्षा र व्यबसायीकताको कमि भएको उल्लेख गरिन् । ‘नेपालमै पेशागत सुरक्षा र व्यवसायीक पत्रकारिताको विकास भैदिएको भए यतिका धेरै सकृय पत्रकार साथीहरुलाई अमेरिकामै बसोबास गरेको देख्नु पर्ने थिएन’ उनले भनिन् । बिभिन्न सञ्चारमाध्यमहरुमा सँगै काम गरेका थुप्रै साथीहरुलाई अमेरिकामा देख्दा आपूm निकै भावुक भएको पनि उनले बताइन् ।

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, मानार्थ सदस्य तारा बराल, पूर्ब अध्यक्षहरु गौतम दाहाल र भोला आचार्य, सल्लाहार सञ्जय घिमिरे, ग्रेटर ह्युस्टन नेप्लिज चेम्बर अफ कमर्सका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, ह्युस्टन नेपाली समाजका रबिन श्रेष्ठ, आयोजक समितिका संयोजक सुजन पण्डित लगायतले अमेरिकामा नेपालीभाषी पत्रकारिताको महत्वका बारेमा चर्चा गरेका थिए ।

नेजाका तत्कालिन अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा न्यौपानेले आफ्नो दुई वर्षे कार्यकालमा संस्थागत विकास, पेशागत क्षेत्रमा भएका कार्यहरुका बारेमा चर्चा गरेका थिए ।

को हुन् नवनिर्वाचित अध्यक्ष भण्डारी ?

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का नव निर्वाचित अध्यक्ष सुरज भण्डारी पछिल्ला केही वर्षयता अमेरिकाको टेक्सस राज्यको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेर पत्रकारिता गर्दै आएका छन् । सन् २००७ मा स्थापना भएको नेजाको उनी आठौं अध्यक्ष हुन् ।

भण्डारीले यस अघि सन् नेजामा २०१८–२१ को कार्यकालमा सचिव र सन् २०२१–२३ कार्यकालमा महासचिव भएर काम गरिसकेका छन् । नेपालमा छँदा बुटवलबाट प्रकाशित बुटवल टुडे दैनिकमा बिक्रम सम्बत् २०५९ रिपोर्टरबाट उनले पत्रकारिता सुर गरेका हुन् । उनले त्यसपछि दैनिक पात्रो, बुटवल एफएम, सिनर्जी एफएम, न्यूज ट्वेन्टीफोर टिभी लगायतका मिडियाहरुमा बिभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

उनले नेपाल पत्रकार महासंघ रुपन्देहीको सहसचिव लगायत बिभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

अमेरिका आइसकेपछि यहाँबाट प्रकाशित भएका धेरै प्रिन्ट मिडिया तथा अनलाइनहरुमा आवद्ध भएर उनले काम गरे । नेपालको देवदह रुपन्देहीमा जन्मिएर हाल उनको परिवार त्यही बसोबास गर्दै आइरहेको छ ।

अमेरिकाको फोर्टवर्थमा सपरिवार बस्दै आएका भण्डारी पत्रकारिताका अतिरिक्त व्यबसाय र सामाजीक गतिविधिमा पनि त्यत्तिकै सकृय छन् ।