मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नक्कली शरणार्थी बनाउनेलाई छूट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

नक्कली शरणार्थी बनाउनेलाई छूट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छूट दिन नसकिने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का मोर्चा सङ्गठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडालगायतको प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै उनले दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको बताए ।

एकीकृत समाजवादीले यस प्रकरणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकामा सरकारलाई धन्यवाद दिएको छ ।

विगतका धेरै भ्रष्टाचार विषय बीचैमा सामसुम पारिएको हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलेमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न समाजवादीले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

मानव अधिकार तथा शान्ति समाजले पनि बुधबार उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । समाजले नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आग्रह गरेको छ । रासस