मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा पुनः अनिल ढकाल निर्वाचित

नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा पुनः अनिल ढकाल निर्वाचित

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा दोस्रो कार्यकालका लागि अनिल ढकाल निर्वाचित भएका छन् । बुधबार भरतपुरमा भएको नवौँ जिल्ला अधिवेशनका क्रममा प्रतिद्वन्द्वी सूर्यप्रसाद अधिकारीलाई भारी मतान्तरले पछि पार्दै ढकाल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल १७८ मत खसेकोमा ढकालले १२२ मत ल्याउँदा अधिकारीले जम्मा ५१ मत ल्याए । निर्वाचित ढकाल यसअघिको कार्यकालमा पनि भारी मतान्तरले निर्वाचित भएका थिए । प्रेस युनियनमा अघिल्लोपटक पनि अध्यक्षमा मात्रै निर्वाचन भएको थियो । निवर्तमान कोषाध्यक्ष विप्लव काफ्लेका अनुसार खसेको मतमा पाँच मत बदर भएको थियो ।

अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक पूर्णप्रसाद शर्माले जानकारी दिए । समितिको नयाँ नेतृत्वका लागि उपाध्यक्षमा महिलातर्फ सिन्धु ढकाल र खुलातर्फ प्रस्ताव सुवेदी (ध्रुव), सचिवमा राजु चौधरी, कोषाध्यक्षमा राजु सापकोटा तथा सहसचिवमा राजेन्द्र कार्की र अस्मिता पराजुली चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा केशव भट्टराई, वन्दना देवकोटा, लक्ष्मी ढकाल, चरणदेव महतो (नीरज), यात्री छिंदाल परियार, माधव सापकोटा, सञ्जय दुवाडी, सुधन पौडेल,  राजनदिल गुरूङ, सुशील पन्त क्षेत्री, रविलाल भट्ट, लेखराम सापकोटा, विनोद श्रेष्ठ, महेश पाण्डे, दयाशंकर चौधरी र राजकुमार माथोक (चेपाङ) निर्विरोध भएका छन् । युनियनमा २२० जना सदस्य क्रियाशील छन् ।