मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नक्कली भूटानी शरणार्थी प्रकरणमा मेरो कुनै गल्ती छैन, म डराउँदिन : कांग्रेस नेत्री देउवा

नक्कली भूटानी शरणार्थी प्रकरणमा मेरो कुनै गल्ती छैन, म डराउँदिन : कांग्रेस नेत्री देउवा


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् ।

प्रतितिधिसभाको आइतबारको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गरिन् । उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेकथरी प्रश्नहरु उठाइएको र नक्कली मान्छेहरु खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दा आफूलाई निकै दुःख लागेको बताइन् ।

Advertisement
ADVERTISEMENT

उनले आफूले कसैका बारेमा कुनै टीकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रुपमै दुष्प्रचार गरिएको बताइन् ।

उनले भनिन्, “एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ । पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाषा मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने, कुनै पनि नारी अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई असैह्य हुने परिस्थिति बनेको छ ।”

उनले भनिन्, “जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्न ।” उनले अहिले चर्चामा रहेको शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता त के त्यो प्रकरणका बारेमा थाहासमेत नपाएको बताइन् । साथै उनले आफूविरुद्ध प्रचार गर्ने नेता या जो कसैलाई पनि तथ्यमा आधारित भएर बोल्न पनि आग्रह गरिन् ।

उनले आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको बताउँदै सबै सांसदहरुको पनि सम्पत्ति विवरण वेबसाइटमा प्रकाशित गर्न र कसको के कति सम्पत्ति छ, बढ्यो या घट्यो भन्ने बारेमा जनताले सबैले थाहा पाउने परिस्थिति बनाउन पनि स्पष्ट गरिन् । रासस

शेयर गर्नुहोस:

621
Shares