मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
breaking   
अमेरिका समाचार   
नेपाल   

हिमालयखबरको १३औँ पाइला

हिमालयखबरको १३औँ पाइला

प्रकाशकीय


शेयर गर्नुहोस:

3.4k
Shares

  • change font
  • change font
  • change font

अमेरिकामा बस्ने नेपाली समुदायलाई जोड्न सकिन्छ भनेर हामीले १२ वर्षअघि हिमालयखबर अनलाइन पत्रिकाको जग हालेका थियौं । समुदायका लागि सजिलो र सुलभ सूचना पुर्याउने हाम्रो यो उद्देश्य अहिले पनि कायमै छ । जसले हिमालयखबरमा गएर समाचार पढ्नुभएको छ, जसले हामीलाई सुन्नुभएको छ र हेर्नुभएको छ, यहाँहरू सबैप्रति विशेष आभार व्यक्त गर्दछौं । यस बीचमा हामीले हाम्रो वेबसाइटमा केही सुधार पनि गरेका छौं ।

सूचनाको महत्त्व सधैं रहन्छ । यो उपभोग्य वस्तु पनि हो । सही सूचनाले समुदायलाई फाइदा नै गरिरहेको हुन्छ । विदेशमा बस्दाका हाम्रा थुप्रै चुनौतीसँग सामना गरिरहेका छौं । यो परिवेशलाईआफ्नो अनुकूल बनाउँदै लैजाने दायित्व पनि तपाईं-हाम्रै हो । हामी यसमा सहयोगी हौं । हुने छौं ।

Advertisement

हामी अहिले १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेका छौं । मे ३ अर्थात् प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर हिमालयखबरको जग हालिएको थियो । व्यावसायिक पत्रकारिता गरेर समुुदायलाई सुसूचित बनाउनेबाहेक हाम्रो अर्को उद्देश्य छैन । हामी समुदायका सकारात्मक पक्ष उजागर गर्न चाहन्छौं । समुदायका सकारात्मक पक्षलाई अगाडि ल्याउने सम्बन्धमा हामीबीच कुनै दुविधा छैन । साथै, समुदायमा देखिएका गलत प्रवृत्तिप्रति हामी लेख्न र प्रश्न उठाउन भने छाड्ने छैनौं ।

हालै नेपाली समाजभित्र केही घटना भए । यसले समाजलाई तरङ्गित बनाएको छ । समाजमा घटेका राम्रा र नराम्रा घटनामा बहस हुनुपर्छ र यसको सम्बोधन पनि समुदायभित्रैबाट गरिनुपर्छ । यस विषयमा हिमालयखबर समुदायको साझा चौतारी पनि हो । हाम्रो भूमिकालाई समुदायबाट सहयोग र समर्थन हुन्छ भन्नेमा हाम्रो पूर्ण विश्वास छ ।

सीमित श्रोत र साधनका बाबजुद पनि हामीले पत्रकारिताको विश्वव्यापी मान्यतालाई अवलम्बन गर्दै आचारसंहिताभित्र बसेर समाचार लेखेका छौं । कार्यक्रम बनाएका छौं । समाचारका लागि पैसा माग्ने, अनावश्यक दबाब दिनेजस्ता गतिविधि हामीले कहिल्यै गरेनौं । आउने दिनमा पनि गर्ने छैनौं । तर, हाम्रा थुप्रै अप्ठ्यारा पनि छन् । यसले गर्दा हामीले चाहे जसरी काम गर्न सकेका छैनौं । सक्रिय हुन सकेका छैनौं । स्रोत जुटाउने चुनौतीसँग हामी जुधिरहेका छौं । यी यावत् चुनौतीका बाबजुद पनि हामी समुदायलाई सुसूचित बनाउने र खबरदारी गर्नेजस्ता आफ्नो दायित्वप्रति भने पछि पर्ने छैनौं । हिमालयखबरलाई नेपालमा समेत सुरु गर्ने तयारीमा हामी लागिपरेका छौं । अमेरिकामा पनि नेपाली समुदायसँगको सहयोगका केही रचनात्मक काम गर्ने योजनामा छौं ।

अन्त्यमा, हिमालयखबरका पाठक, श्रोता, विज्ञापनदाता, शुभचिन्तक अनि प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा हामीलाई सहयोग र समर्थन गर्नुहुने तपाईं सम्पूर्णप्रति हामी आभारी छौं । हाम्रो आगामी यात्रामा पनि यहाँहरूको यस्तै सहयोग र समर्थन रहनेमा हामी पूर्ण विश्वस्त छौं ।

शेयर गर्नुहोस:

3.4k
Shares