मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरूरी : अध्यक्ष यादव

आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरूरी : अध्यक्ष यादव

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरूरी रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारको स्थिरता लोकतन्त्रको विकासका लागि पनि महत्त्वपूर्ण हुने उल्लेख गरे ।

“नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छ”, उनले भने, “अस्थिरताले कसैलाई हित गर्दैन, त्यसैले सरकारको कार्यकाल पूरा हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ ।”

फरक प्रसङ्गमा अध्यक्ष यादवले सरकारमा बाँकी रहेका मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले पार्टीबाट कस्को नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे छिट्टै निर्णय गरिने पनि जानकारी दिए ।

“अहिलेको अवस्थामा वृहत राष्ट्रिय समझदारीको आधारमा सरकारको स्थायित्व र आर्थिक विकासतर्फ मुलुकलाई अघि बढाउनुपर्छ । मुलुकमा राजनीतिक अस्थिरता रहिरह्यो, सरकार चाँडो–चाँडो बद्लिरह्यो भने देशको विकास र प्रणाली माथि पनि असर पर्छ, त्यसले जनतालाई फाइदा पुग्दैन”, अध्यक्ष यादवले भने ।

संसदीय प्रक्रियामा संसदीय समितिको महत्त्वपूर्ण भूमिका रहने भएकाले समितिमा पार्टीको तर्फबाट सक्रिय भूमिका रहने उनले बताए । रासस