मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
साहित्य / कला   

अमेरिकाको कोलोराडोमा गजल उत्सव हुँदै

अमेरिकाको कोलोराडोमा गजल उत्सव हुँदै

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो । गजल यात्रा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडोको गौरवमय प्रस्तुति गजल उत्सव-५ जुलाई २, २०२३ मा कोलोराडोमा हुने भएको छ ।

यो उत्सव एएनएसँगको सहकार्यमा हुन लागेको हो । कार्यक्रममा अमेरिकाको विभिन्न राज्यहरुबाट सहभागी हुने गजलकारहरुले आआफ्नो दमदार गजल र गजल गायन प्रस्तुत गर्नेछन् ।

यसअघि टेक्सासको ह्युस्टनमा गजल उत्सव ४ भव्यताका साथ सम्पन्न भएको थियो । टेक्सास र ओहायोमा सम्पन्न गजल उत्सव-१, २, ३ र ४ को अपार सफलतापछि गजल उत्सव-५ हुन लागिरहेको छ ।

गजल यात्रा-५ बारे अन्य जानकारीको लागि गजलकालहरु सतिष त्रिपाठी, पवन लामिछाने, वासु अधिकारी, डिल्लु चौलागाईं, रोहित राना र केशव पौडेललाई सम्पर्क गर्न सकिने गजल यात्राका मिडिया संयोजक बिटु केसीले जानकारी दिइन् ।