मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

चर्का कुरा गरेर परराष्ट्र नीति सञ्चालन हुन सक्दैन : मन्त्री साउद

चर्का कुरा गरेर परराष्ट्र नीति सञ्चालन हुन सक्दैन : मन्त्री साउद


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कुनै पनि देशको परराष्ट्र नीति चर्का कुरा गरेरमात्रै सञ्चालन नहुने बताएका छन् ।

परराष्ट्रमन्त्रीमा नियुक्ति भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर आएका परराष्ट्रमन्त्रीले कार्यकर्तासँगको भेटघाटमा भने, “कुनै पनि राष्ट्रबीचको सम्बन्धका निर्धारक तत्त्वहरू हुन्छन्, इतिहास, समाजको बनावट र आर्थिक स्वार्थमा आधारित पनि भएको हुन्छ ।”

Advertisement
ADVERTISEMENT

पुर्खाहरूले दुई–अढाई सय वर्षदेखि नै दक्षिण एसियाको भू–भागमा मुलुकलाई स्वतन्त्र बनाएर राखेको स्मरण गर्दै उनले परराष्ट्र नीतिको आधार पूर्वजहरूले इतिहासमा दिएर गएको बताए ।

“पूर्वजको आधारशिलालाई टेकेर नै हामी अघि बढिरहेका छौँ”, उनले भने, “हामी छिमेकी र पश्चिमा मुलुकहरूसितको सम्बन्धहरूलाई महत्त्व दिएर निरन्तरता दिन चाहन्छौँ ।” उनले सबै देशसित राम्रो सम्बन्ध राखेर मुलुक अगाडि बढाउनु अहिलेको चुनौती रहेको बताए ।

त्यसैगरी दोधारा चादँनीमा सुक्खा बन्दरगाह, डडेल्धुरा र बैतडीको झुलाघाटमा पक्की पुल बनेपछि अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्दै लगिएको उनको भनाइ थियो । “समग्र सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छु”, उनले भने, “सुदूरपश्चिमको आर्थिक पर्यटनको विकासका लागि पनि गृहकार्य अघि बढेको छ ।” रासस

शेयर गर्नुहोस:

162
Shares