मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

शान्ति सुरक्षा कायम गर्न सरकारसँग एमालेको माग

शान्ति सुरक्षा कायम गर्न सरकारसँग एमालेको माग

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)ले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबार गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका शीर्ष नेतामाथि आक्रमणको भइरहेको बताए । उनले भने, “शान्ति सुरक्षाको अवस्था कमजोर हुनु, शीर्ष नेताको गतिविधिमा अवरोध हुनु, समाजमा अस्थिरताका सिर्जना हुनु र अर्थतन्त्र पनि कमजोर हुनु अहिलेको चिन्ताको विषय हो ।”

उनका अनुसार पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङ कोशी प्रदेशका विभिन्न ठाउँमा गएको बेला आक्रमण भएको भएको छ । “हाम्रो अध्यक्ष झापाको घटनापछि इलाम जानुभयो । त्यहाँ जाँदा पनि फेरि अवरोधको प्रयास गरियो”, उनले भने, “हिजो पशुपतिनगरबाट फर्किँदा आउँदा ढुङ्गा राखेर बाटो छेकियो । आज पनि तेह्थुमको देउडी भन्ने ठाउँमा प्राविधिक स्कुल उद्घाटन गर्ने गएको बेला दुई चार जनाले कालो भण्डा देखाउने काम भयो ।”

उपमहासचिव रिमालले कालोझण्डा देखाउने, विरोध प्रदर्शन गर्ने र असहमति जनाउने कुराको कुनै चिन्ता नभएको भन्दै तर एउटा ठूलो दलको शीर्ष नेतालाई अनावश्यक ढङ्गले अवरोध सिर्जना गरेको विषयले पार्टीलाई गम्भीर बनाएको बताए । उनले एमालेले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्न स्थिति नल्याउन आग्रह गरे ।

“हरेक दलले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्ने स्थिति आयो भने मुलुकमा राज्य कहाँ र शासन कसरी हुन्छ भन्ने प्रश्न खडा हुन्छ”, उनले भने । “त्यस्तो स्थिति नआओस् भनेर हामीले चिन्तित रहेका छौँ ।”

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले एमालेका शीर्ष अनेता लक्षित गरेर अहिले आक्रमण गर्नु निन्दनीय भएको बताए । उनले शान्तिपूर्ण रुपमा विरोध गर्नु ठीक रहेको तर नेता लक्षित आक्रमण निन्दनीय रहेको बताए । उनले कोशी प्रदेशका नामका सम्बन्धमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाइने भन्दै तर कुनै दल विशेषका नेतालाई आक्रमण गर्न नपाइने बताए ।

नेता भट्टराईले मधेस प्रदेश नामकरणमा एमालेको विरोध गरेको र प्रदेशसभाले निर्णय गरेपछि एमालेले स्वीकार गरेको बताए । “कोशी प्रदेश नामाकरणको असहमतका सम्बन्धमा सम्मान गर्दछौँ”, उनले भने, “तर उहाँले जुन शैली अपनाउनुभएको छ । त्यसको विरोध गर्दर्छौं । अझ एमाले नेतामाथिको आक्रमणको हामीले निन्दनीय छ ।”

हिजो एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास गर्नेलाई कारबाहीको माग गरेको थियो । रासस