मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

शान्ति सुरक्षा सम्बन्धमा एमालेद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

शान्ति सुरक्षा सम्बन्धमा एमालेद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)ले मुलुकको पछिल्लो शान्ति सुरक्षाबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास र काठमाडौँ वडा नं ६ सरस्वतीनगरमा एक जना महिलाको हत्या भएको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।

Advertisement

नेता भट्टराईले गृहमन्त्री श्रेष्ठलाई भेटी अध्यक्ष ओलीमाथि दुर्व्यवहारको प्रयास गर्नेलाई छिटोभन्दा छिटो कानुनी दायरमा ल्याएर कारबाहीको माग गरे । उनले अध्यक्ष ओली आफ्नो गृहजिल्ला जाँदा गरिएको दुर्व्यवहार सम्बन्धमा गृहमन्त्री श्रेष्ठसँग आपत्ति जनाएकोसमेत बताए ।

यसैगरी काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा यही वैशाख ७ गते दिनदहाडै एक जना महिलाको हत्या गरिएको सम्बन्धमा चाँडै सत्यतथ्य ल्याउनसमेत मन्त्री श्रेष्ठसँग माग गरिएको उनले बताए ।

नेता भट्टराईका अनुसार भेटमा गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि दुर्व्यवहार गर्नेलाई खोजी कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । गृहमन्त्रीले घटनाका सम्बन्धमा चाँडै नै सत्यतथ्य बाहिर ल्याउने वचन दिएको उनले बताए ।

“गृहमन्त्रीले दुवै विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ । कानून हातमा लिनेलाई मेरै पार्टीका व्यक्ति भए पनि छुट दिने छैन भनेर हामीलाई वचन दिनुभएको छ”, नेता भट्टराईले भने ।

गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीमाथि हिजो बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उछृङ्खल समूहबाट दुर्व्यवहारको प्रयास भएको थियो ।

शेयर गर्नुहोस:

54
Shares