मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

चितवनमा गुमेको विरासत र समर्थन फर्काउछौँ : जीतनारायण श्रेष्ठ

चितवनमा गुमेको विरासत र समर्थन फर्काउछौँ : जीतनारायण श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

513
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवन क्षेत्र नं २ को उप–निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उमेदवार जीतनारायण श्रेष्ठले संगठित भएर गुमेको विरासत र समर्थनलाई फर्काउन लाग्ने बताएका छन् ।

बिहीबार पार्टी जिल्ला कार्यालयमा आयोजित धन्यवाद कार्यक्रममा उपस्थित नेता, कार्यकर्ताप्रति आभार प्रकट गर्दै उनले निर्वाचनको परिणामको विषयमा एकअर्काबीच दोषारोपण नगर्नसमेत आग्रह गरे । उनले भने, ‘हामी कसैको विरोध नगरी संगठन बलियो बनाउन लाग्नुपर्छ ।’

‘अब सक्किने होइन, अब सच्चिने हो,’ श्रेष्ठले भने, ‘केन्द्र या जिल्ला सच्चिने भन्ने होइन । म सच्चिने, हामी सच्चिने हो । सक्किन हामीलाई मन्जुर छैन, सच्चिनुको विकल्प छैन ।’

उनले पराजयले आफ्नो यात्रा कमजोर नभई झन् बलियो भएको बताउँदै भने, ‘जीतनारायण हार्‍यो अब आउँदैन होइन, हिजो जीतनारायण हार्‍यो । अब वडा-वडामा धेरै पटक आउँछ,’ उनले भने ‘अप्ठ्यारोमा भाग्ने मान्छे कायर हुन् । त्यसैले भाग्ने होइन । हामी गुमेको विरासत फिर्ता ल्याउन चाहन्छौँ ।’

श्रेष्ठले मत नदिने कार्यकर्तालाई पनि राखेर छलफल गर्ने बताए । जनताले चाहेको कुरा ल्याउन महासमितिको बैठक बोलाएर छलफल गरेर अगाडि बढाउने उनले बताए ।

‘सबैको भावनाअनुसार सुधारिए अब आउने निर्वाचनमा कांग्रेसलाई एक बनाउन लाग्ने हो,’ उनले भने, ‘कुनै नेताको कुरा काट्न मसँग नआउनुहोला । यसले भोट हाल्यो यसले हालेन भनेर मलाई भन्न कोही नआउनुहोला । हामी समीक्षा गरेर अघि बढ्नुको विकल्प नभएको सन्देश निर्वाचनले दिएको छ ।’

उनले भने, ‘मेरो कसैसँग गुनासो छैन । अब चोकचोकमा बसेर कुरा गर्ने होइन । घरभित्र बसेर समीक्षा गरौँला, क्रियाशीलको विषयमा छलफल गरौँला ।’