मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

तनहुं क्षेत्र नं १ मा डा स्वर्णिमले जिते

तनहुं क्षेत्र नं १ मा डा स्वर्णिमले जिते

कांग्रेस र एमाले दुवैको मत जोड्दा पनि स्वर्णिमको वढी

हिमालय खबर

शेयर गर्नुहोस:

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – तनहुं क्षेत्र नं १ को उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीवाट उम्मेदवार भएका डा स्वर्णिम वाग्ले फराकिलो मतान्तर सहित विजयी भएका छन् । उनले ३४ हजार ४८० मत पाएका छन् । यो मत उनका दुई निकट प्रतिस्पर्धीले पाएको कुल मतको जोड भन्दा पनि वढी हो ।

उनका निकट प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोविन्द भट्राईले जम्मा २० हजार ९२ मत प्राप्त गरे । अर्का उम्मेदवार एमालेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत मात्र प्राप्त गरे । डा स्वर्णिमले कुल मतको ५२ प्रतिशत प्राप्त गरेका छन् ।

तनहुं क्षेत्र नं १ मा यस अघि नेपाली कांग्रेस पार्टीका तर्फवाट रामचन्द्र पौडेलले जितेका थिए । तर यस पटक वाग्लले पौडेलले ल्याए भन्दा झण्डै १० हजार मत वढी प्राप्त गरेका छन् । यस क्षेत्रमा पहिले भन्दा कम मत खसेको थियो ।

तीन क्षेत्रमा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जादु चलेको छ । चितवन जिल्लाको क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ठुलो मतान्तर सहित अग्रता लिईरहेका छन् ।