मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
मुख्य समाचार   

नयाँ वर्षको अवसरमा कोलोराडोमा नेपाल-डे परेड

नयाँ वर्षको अवसरमा कोलोराडोमा नेपाल-डे परेड

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, (अमेरिका) । नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरेर शुभकामना साटासाट गरेका छन् ।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको आयोजना, हेल्पिङ हेण्डको सहयोग तथा स्थानीय सबै संघसंस्थाको सहभागितामा बोल्डरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रम भएको हो । समारोहमा विशेष अतिथीको रुपमा बोल्डर नगरका मेयर आरोन ब्रकेट उपस्थिती थियो ।

कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा नेपाल परेड डे का संस्थापक नारायण श्रेष्ठ, गायक मिलन लामा स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धी जिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उल्लेख्य सहभागिता थियो ।

भौगोलीक हिसावले नेपालसँग मिल्दो जुल्दो बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी लाखे नाच तथा धिमे बाजाको तालमा नेपाली गीत गाउँदै हर्सोउल्लास र मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।

बालक बृद्ध सबै उमेर समुहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरिकी नागरिकहरुको पनि सहभागीता थियो । बाटाका छेउछाउका स्थानीय दर्शकहरुले हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्नो दौतरी सँग आफ्नो रिती र परम्परा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।

नगर परिक्रमा गर्नु अगाडी कार्यक्रमलाई सम्बोधन गर्दै हेल्पिङ्ग हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले बोल्डर सहरमा नेपालीहरुको बसोबास बाक्लो हुदै गएपछि यहाका स्थानीयलाई नेपाली भाषा संस्कृती पहिचान गराउन “नेपाल डे परेड” को सुरुवात गरिएको बताए ।

बिशेष अतिथी बोल्डर शहरका मीयर आरोन ब्रकेटले सबैलाई ह्याप्पी न्यूयर भन्दै, बोल्डर शहरमा सबैलाई स्वागत छ भने । उनले धेरै नेपालीहरु जम्मा भएर मातृ भुमीको पहिचाहनको लगी जुटेको देख्दा ज्यादै खुशी लागेको भन्दै यो कार्यक्रम हरेक बर्ष निरन्तर रहिरहने बताए ।

आयोजक संस्थाका अध्यक्ष अर्जन बगालेले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए ।

कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नयाँबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरिकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो ।