मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाल स्काउट गाइड फेलोसिपको शुभकामना आदानप्रदान

नेपाल स्काउट गाइड फेलोसिपको शुभकामना आदानप्रदान

हिमालय खबर

शेयर गर्नुहोस:

648
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाल स्काउट गाइड फेलोसिपको आयोजनामा रोभर, रेञ्जर तथा स्काउटरहरुको सहभागितामा नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम रत्ननगर–९ स्थित कपरफोरीमा सम्पन्न भएको छ ।

नेपाल स्काउट गाइड फेलोसिपका उपाध्यक्ष तीर्थराज न्यौपानेको सभापतित्व एवं नेपाल स्काउटका पूर्वसंयोजक चन्दन कौशिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चारुमति रोभर/रेञ्जर क्र्यूका अध्यक्ष दीपेश केसी, स्काउटर रोशन कार्की, बैकुण्ठ मरहठ्ठा, रमेश आचार्य, दिनेश पाण्डे, बुद्धिबहादुर गुरूङ, रामप्रसाद पोखरेल, रोभर विकल शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल स्काउट र गाइड फेलोसिप एकअर्काका परिपूरक संस्था भएकाले सँगै मिलेर स्काउटका गतिविधि आयोजना गर्ने विषयमा छलफल गरिएको थियो । गाइड फेलोसिप स्काउटमा लामो समय व्यतीत गरेका स्काउटरहरुको अभिभावकीय संस्था हो ।

यस संस्थाले सल्लाह, सुझाव, अनुभव आदानप्रदान, सिकाइ, प्रशिक्षणहरुमा स्काउटलाई प्रवर्द्धन गर्दै आइरहेको छ ।