मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए ।

विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष थिए । उनी तत्कालीन जनादेश साप्ताहिकको सम्पादक, जनदिशा राष्ट्रिय दैनिकको प्रधानसम्पादक थिए । क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य हुन् ।

माण्डवी गाउँपलिका प्यूठानमा जन्मिएका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजक थिए । उनले कानुनमा स्नातक गरेका छन् ।