मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

अमेरिकामा गिरिजाबाबुको १३औँ स्मृति दिवस मनाइयो

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा जिपी फाउन्डेसन अमेरिका च्याप्टरले दीप प्रज्वलन र तस्बिरमा माल्यार्पण गरी मनाइएको छ ।

गिरिजाप्रसाद (जिपी) कोइरालाको जन्म १९८१ साल असार १८ गते भएको थियो । कृष्णप्रसाद कोइरालाका तीन छोराहरु मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसादमध्ये उनी कान्छा हुन्। दाजुहरुको प्रेरणाले राजनीतिमा प्रवेश गरेका गिरिजाप्रसाद सानैदेखि निडर र हक्की स्वभावका थिए। कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको नेताका रुपमा समेत स्मरण गर्ने गर्दछ ।

वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो । जसमा स्वर्गीय कोइरालाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइरालालाई बृहत्त शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रुपमा पनि चिनिन्छ । २०६६ साल चैत ७ गते गिरिजाप्रसाद कोइरालाको निधन भएको हो ।

स्मृति सभामा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिङ राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कांग्रेस युवा नेता विजय थुलुङ, समाजसेवी निमा तामाङ, डोमा शेर्पालगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा स्व गिरिजाप्रसादले नेपाली राजनीतिमा दिएका ऐतिहासिक योगदान र शान्ति प्रक्रिया एवं समसामयिक राजनैतिक परिवेशको बारेमा स्मरण गर्दै दीप प्रज्वलन गरिएको थियो ।

नेपालमा राणा शासनदेखि पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दै गणतन्त्र स्थापना गर्दासम्म आफ्नो सारा जीवन देश, जनता र क्रान्तिको लागि समर्पित गरेका नेता कोइराला एक अद्वितीय राजनीतिज्ञ भएको कुरा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामाले बताए ।

यसैगरी महासचिव छिरिङ राप्के लामाले गिरिजाबाबु क्रान्तिनायक र शान्तिनायक दुवैमा स्थापित भएको बताए । युवा नेता विजय थुलुङले उनी साँच्चिकै नोबेल शान्ति पुरस्कारको हकदाता रहेको र विश्वमञ्चमा उचित लविङ र प्रचारको कमीले सो उपाधि गुमेको कुरा बताए ।

प्रवक्ता अधिकारीले अहिले नेपालले उनीजस्तो राष्ट्रभक्त र निडर एवं निर्णयात्मक क्षमताको धनी नेता गुमाएको परिवेशमा कुशल राजनेताको अभावमा गणतन्त्र नै कतै खतराको मार्गमा लम्किएको त छैन भनी चिन्ता जाहेर गरे ।

अन्त्यमा महासचिव छिरिङ राप्के लामाले देशले अहिले गिरिजाबाबुले स्थापित गराएको सहमति, सहकार्य र एकताको पथबाट अघि बढ्न नसक्दा गणतन्त्र नै धर्मराएको आफूले महसुस गरेको भन्दै गिरिजा बाबुको १३औँ स्मृति दिवस जिपी फाउन्डेसन अमेरिकाको कार्यालयमा नै कार्यक्रम गरेर सम्झन पाउँदा खुसी लागेको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।