मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सभामुख घिमिरेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

सभामुख घिमिरेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

शुक्रबार सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुख घिमिरेले दिएको अभिव्यक्तिप्रति महासङ्घले असन्तुष्टि जनाएको हो ।

विज्ञप्तिमा सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् भएको उल्लेख छ ।

उक्त अभिव्यक्तिले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासङ्घले गम्भीर चासो र चिन्ता प्रकट गरेको उनको भनाइ छ ।

विज्ञप्तिमा सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासङ्घको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको बताइएको छ ।