मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ निर्माण हुने

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ निर्माण हुने


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मकरूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसाद : भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने लेखक तथा निर्माता खगेन्द्र लामिछानेले जानकारी दिए ।

अभिनेता विपिन कार्की शीर्ष भूमिकामा रहने चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का र वर्षा सिवाकोटीको अभिनय रहनेछ । लेखक लामिछानेले नाम मात्रको शृङ्खला नभई अर्थपूर्ण र तर्कपूर्ण चलचित्र बन्ने बताए ।

“जहाँ सात वर्ष अगाडि चलचित्र सकिएको थियो त्यहीँबाट सुरू हुनेछ । यो समय भइरहेको परिवर्तनसँगै भष्मेमा आएको बदलावलाई देखाउने छौँ”, लेखक लामिछानेले भने ।

यसमा नीरज कँडेलले छायाङ्कन निर्देशन, कृष्ण थापाले छायाङ्कन, दीर्घ खड्काले सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालले सङ्गीतको काम गर्नेछन् । रासस

शेयर गर्नुहोस:

324
Shares