मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   

अमेरिकाको शेयर बजारमा नेपाली

अमेरिकाको शेयर बजारमा नेपाली

मार्केट सेलायो , नेपाली पनि सेलाए


केही महिना अघिसम्म अमेरिकामा हज्जारौं नेपाली शेयर बजारमा सकृय थिए । तर, केही साता यता सेलाएका छन् । किन नेपाली सेलाए अमेरिकाको शेयर बजारमा लामो समय देखि लगानी गर्दै आएका रविन बज्राचार्य भन्छन् मार्केट सेलायो,नेपालीहरु पनि सेलाए ।

अमेरिकामा कोभिड शुरु भएपछि धेरै नेपाली फुर्सदिला भएका थिए । त्यही वेला शेयर बजारमा आकर्षित हुन थाले । केही महिनाको अन्तरालमा एक पछि अर्को गर्दै शेयर बजारमा लगानी गर्ने नेपालीको संख्या हज्जारौंमा पुग्यो । एकले अर्कोलाई भन्दै सिकाउंदै लगानी गर्नेहरु वढेका थिए ।

मोवाइलमा ब्रोकर कम्पनीको एप डाउनलोड गर्यो बैंक खाता बाट पैसा ट्रान्सफर गरेपछि सजिलै किन वेच गर्न सकिने भएकाले पनि धेरै जना शेयर बजारमा पसेका थिए । केही सय देखि लाखौं अमेरिकी डलरसम्म लगानी गर्ने नेपाली थिए । सानो तिनो जमघटमा समेत शेयर बजारको बारेमा चर्चा हुने गरेको थियो ।

एक बर्ष यता अमेरिकाको शेयर बजारमा उतार चढाव आयो । छिटो समयमा बढेका कम्पनीको शेयर निकै तल झरे । चीनको विद्युतिय गाडी वनाउने कम्पनी नियोको शेयर ६६ डलरवाट घटेर अहिले १० डलरभन्दा कममा झरेको छ । कोरोना शुरु हुदांका वेला नियोको शेयर मूल्य ४ डलरको हाराहारीमा थियो । यो वढ्दै गएर ६६ डलरसम्म पुगेको हो । तिलरी भन्ने गांजा उत्पादक कम्पनीको शेयर २२ वाट ३ डलर भन्दा कममा आईपुग्यो । गांजा उत्पादक कम्पनीको शेयर सस्तोमा थिए । कयौंले लिए । अहिले ति कम्पनीको शेयर घटेको छ ।

गांजा मात्र होइन टेस्ला लगायत धेरै कम्पनीको शेयर तल झरेको छ । क्रिप्टोकरेन्सीपनि नेपालीले पैसा लगानी गरेको अर्को क्षेत्र थियो । क्रिप्टोकरेन्सीहरुको पनि भाउ गिरेको छ ।

यो स्थितिमा अधिकांश नेपालीले शेयर बजारवाट नोक्सानी खानु परेको छ । धेरै लगानीकर्ताले पलायन समेत भईसकेका छन् । अमेरिकाको शेयर बजारमा कारोवार गर्दा सयौं देखि लाखौं डलर सम्म नोक्सानी खाने नेपाली भेटिन्छन् ।

शुक्रवार मात्र अमेरिकाको २० ठुला बैंक मध्ये एक सिलिकन भ्याली बैंक टाट पल्टियो । यसले आउने साता शेयर बजारमा कस्तो असर पर्ला भन्ने निकै चासो छ । यो वित्तीय संस्थाको असर गहिरो रुपमा परेमा नेपाली लगानीकर्ताले थप गुमाउने छन् ।

नेपाली लगानीकर्ताको कमजोरी, बढी लोभले विगार्यो

कोभिडको वेला अमेरिका सरकारले घरमा वस्नेलाई पनि विभिन्न सहुलियत सुविधा र पैसा दिएको थियो । त्यसबेला सजिलै आएको पैसा धेरैले शेयरमा हालेका थिए । तर, शेयर बजारमा लगानीकर्ता अधिकांशले अध्ययन गरेर वुझेर लगानी गरेका थिएनन् । चिनजानका संग सोधेर नाफा हुन्छ भन्ने आधारमा शेयर किनेका थिए । केही कम्पनीको शेयर छिटो छिटो वढ्यो । यसले गर्दा पनि नेपाली लगानीकर्तालाई ओहो यहां पैसा आउंदो रहेछ भन्ने पर्यो । कारोवार एप हेर्दै आज यति वढ्यो भन्दै कयौं नेपाली मख्ख भए ।

तर, फाइदा भएको वेला उक्त शेयर विक्री गर्न नसक्नु मुख्य कमजोरी रह्यो । अझ वढी बढ्ला र नाफा पाइला भन्ने लोभले बढेको बेला शेयर विक्री गर्न नसक्दा कयौं नेपालीहरु डुवेका हुन् ।

दोस्रो शेयरमा लगानीगर्दा आफुंसंग भएको पुंजी मजबुत आधार भएका र नभएका कम्पनीमा लगाउनु बुद्धिमानी मानिन्छ । यस्ता कम्पनीको शेयर घट्दा पनि वा बढ्दा पनि कम दरले तल माथि हुन्छ । नोक्सानी खासै पर्दैन । तर, मजबुत वित्तीय आधार नभएका नवप्रवेशी कम्पनीको शेयर मूल्य भने ह्वात्त वढेपनि त्यसरीनै घट्ने सम्भावना हुन्छ ।
समय राम्रो पर्यो वढेको वेला विक्री गर्न सक्यो भने यस्ता कम्पनीवाट फाइदा लिन सकिन्छ । अझ वढ्ला भन्दै वस्यो भने जोखिम वढी हुन्छ । अहिले बढ्ला भनेको कम्पनीको शेयर तल झर्यो त्यही कारण नोक्सानी खानु पर्यो । ठिक्क नाफा भएको वेला लोभ नगरी विक्री गर्न सकेको भए नोक्साने पर्दैनथ्यो ।

शेयर बजार नियमित आर्थिक सुचना र अन्य घटनाक्रम हेरेर वुझेर किनवेनको निर्णय गर्नु पर्ने ठाउं हो । यहांको केन्द्रिय बैंक फेडलर रिजर्भका गभर्नरले बोल्दा समेत शेयर मूल्यमा तल माथि हुन्छ । स साना सुचनाहरु लिएर शेयर बजारमा किन वेचको निर्णय गर्नु पर्ने हुन्छ ।
किनेपछि वढ्छ मात्र भनेर ढुक्क हुदां नेपालीले नोक्सानी खानु परेको हो ।

शेयर बजारमा समय सवैभन्दा महत्वपुर्ण हुन्छ यहां कमाउने र गुमाउने दुवै हुन्छन् । एक जनाको नोक्सानी अर्कोको फाइदा हो । यो निर्दयी बजार हो यसरी नै चल्छ ।

नेपालको शेयर बजारले आकर्षित गर्न सकेन

अमेरिकाको शेयर बजारमा लगानी गरेर पाठ सिकेका नेपाली समुदायलाई नेपालको शेयर बजारले आकर्षित गर्न सकेको छैन ।

यी लगानीकर्तालाई आकर्षित गरेर लाखौं डलर नेपाल भित्राउने सक्ने अवसर भने नेपालले गुमाईरहेको छ । विदेशमा बसेर नेपालको शेयर बजारमा लगानी गर्न केही कठिनाईहरु छन् । त्यही भएर अमेरिका वस्ने नेपालीहरु नेपालको शेयर बजार प्रति आकर्षित हुन सकेका छैनन ।

विदेशमा वस्ने नेपालीलाई नेपालको शेयर बजारमा कसरी लगानी गर्न सकिन्छ भन्ने अधिकांशलाई जानकारी पनि छैन । कुनै पनि निकाय वा संघ संस्थाले यस्तो जानकारी दिएका छैनन् ।

नेपालमा हुने साधारण शेयरको प्रथामिक निष्काशनमा विदेशमा वस्ने नेपालीका लागि शेयर जारी गर्ने कम्पनीले १० प्रतिशत आरक्षण गर्नु पर्ने नियम छ । तर, जानकारीको अभावले विदेशमा वस्ने नेपालीले यो आरक्षणको फाइदा लिन सकेका छैनन् । यसले नेपाललाई पनि नोक्सान भएको छ । डलर आउने स्रोत सकृय वनाउन नसक्नु नेपालको वेफाइदा हो ।

नेपालमा यसै साता सानिमा मिडिल तमोरको आईपीओ खुल्यो । यो कम्पनीको ४२ करोड ४८ लाख रुपैंया बरावरको आईपीओ खुलेको हो । यसमा १० प्रतिशत विदेशमा वस्ने नेपालीका लागि आरक्षित गरिएको छ । तर, यो आरक्षणको फाइदा उठाउनुपर्छ भन्ने नेपाली भेटिएका छैनन् ।