मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

अनेसास अमेरिकाको मेरिल्याण्ड च्याप्टर पुनर्गठन

अनेसास अमेरिकाको मेरिल्याण्ड च्याप्टर पुनर्गठन

अध्यक्षमा नायिका पूजा चन्द चयन


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन् । समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ । समितिको पहिलो बैठकले डा. श्याम कार्की, डा. हयारी भण्डारी, गौतम दाहाल, डा. उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ ।

Advertisement

निवर्तमान अध्यक्ष भरत बराइलीको अध्यक्षतामा भएको सम्मेलनमा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ पाण्डेयलगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष चन्दले प्रवासी भूमिमा नेपाली भाषीको कला, संस्कृतिको जगेर्ना गर्दै भावी पिँढीका लागि नेपाली भाषाको अध्ययन, अध्यापनमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्ने बताए ।

कार्यक्रममा सहभागी गौतम दाहाल, अर्जुन हमाललगायतले नेपाली भाषाको जगेर्ना र संस्कृतिको रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई सफलता मिलोस भनी शुभकामना व्यक्त गरे ।

यसैबीच, अनेसासको पाँचौं अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको वोष्टनमा हुँदैछ । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले उक्त कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए ।

शेयर गर्नुहोस:

162
Shares