मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
क्यालिफोर्निया   
मुख्य समाचार   

क्यालिफोर्नियामा युवा सम्मेलन सम्पन्न

क्यालिफोर्नियामा युवा सम्मेलन सम्पन्न

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा क्यालिफोर्नियाको बरक्ली शहरमा तेस्रो युवा सम्मेलन सम्पन्न भएको छ । २५ फेब्रुअरी शनिवारका दिन युनिभर्सिटी अफ बरक्लीको सभाहलमा सम्मेलन सम्पन्न भएको हो । नेपलिज स्टुडेन्ट एशोसिएशन युसी बरक्ली सँगको सहकार्यमा विज्ञहरुको सहभागितामा विभिन्न विषयमा सम्मेलनमा छलफल गरिएको थियो ।

सम्मेलनमा नेपाली युवाको सहभागिता र अवसर निर्माण विषयक छलफल भएको थियो । मिलन जंग कटवालले सहजीकरण गरेको सो छलफलमा शिव राजभण्डारी र गायिका प्रजिता बास्तोलाले आफ्नो धारणा राख्नुभएको थियो । यस्तै, लगानी र उद्यमशिलता विषयक छलफल भएको थियो । एर्टोनी निरञ्जन अधिकारीले सहजीकरण गर्नुभएको सो अन्तरक्रियात्मक छलफलमा ट्रु रुट फाईन्नासियलकी सिईओ रोशनी पाण्डे,ककाकी का फाउन्डर तथा इन्टेल कम्पनीका सिनियर प्रोडक्ट म्यानेजर प्रदीप खनाल, जेवेक प्रोटोकलका क्रिएटर एण्ड एंगल इन्भेष्टर साम थपलिया, इन्सिेन्ट रेन स्टुडियोजका सिइओ किरण भक्त जोशीले आ आफ्ना धारणा राख्नुभएको थियो । यसैगरी, नेपालमा ईगभर्नेन्सः अवसर चुनौती विषयमा छलफल भएको थियो । यस छलफललाई सिनियर सिष्टम एनालिष्ट सुजन पराजुलीले सहजीकरण गर्नुभएको थियो । यस्तै, नेपाली डायस्पोराले नेपाललाई ग्लोबल्ली कसरी चिनाउन सहयोग गर्न सक्दछ भन्ने विषयमा इन्सिेन्ट रेन स्टुडियोजका सिइओ किरण भक्त जोशीले प्रकाश पार्नुभएको थियो ।

यस्तै, क्रिदिश उप्रेतीले सहजीकरण गरेको नेपालमा गाँजाको भविष्यका सन्दर्भमा नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय, डा. कमल ढकाल र डा. निरन्जन अर्यालले धारणा राख्नुभएको थियो । यस्तै, महिलाको नेतृत्व विषयमा विभिन्न क्षेत्रमा विशिष्टकृत भूमिकामा रहनुभएका महिलाहरुको सहभागितामा अन्तरक्रियात्मक छलफल भएको थियो । सपना शर्मा र अनुपमा पुरीले सहजीकरण गर्नुभएको यस छलफलमा ग्लोवल नेपाली प्रोफेसनल नेटवकर्की अध्यक्ष विद्या सुवेदी,क्लिनिकल डेभलपमेन्ट इन्जिनियरिङ टिम इन्ट्युटिभ सर्जिकल आईएनसीकी म्यानेजर सामना घिमिरे, इकर्मश फेशन उद्यमी सुमन भण्डारी,केसियर परमानेन्तेको सिनियर म्यानेजर फिनान्सियल प्लानिङ एण्ड एनालाईसिस प्रज्ञा वाग्ले लगायतले धारणा राख्नुभएको थियो ।

संघका अध्यक्ष बुद्दिसागर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकाको उत्कृष्ट व्यापारिक कम्पनी मध्येको एक युआईसि अलास्काका चिफ अपरेटिङ अफिसर जीवन पोखरेल, भर्च्युअल माध्यम मार्फत नेपालका संघीय सांसद नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का महासचिव डा. केशव पौडेल, युनिभर्सिटी अफ सानफ्रान्सिस्को की शिक्षा संकायकी डिन डा.सभनम कोईराला आजाद, एनआरएनए अन्तराष्ट्रिय युवा संयोजक अब्दुल बसिद्, एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा युवा तथा खेलकुद विभाग प्रमुख सुमन थापा, एनआरएनए अमेरिका युवा संयोजक तथा कन्भेनर त्रिभुवन पाण्डे, एनआरएनए अमेरिकाका पश्चिम क्षेत्र संयोजक श्रीराम थापा लगायतले धारणा राख्नुभएको थियो ।

सो अवसरमा एनआरएनए अमेरिकालाई सिनेटर डेभ कोरटेसीको तर्फवाट सर्टिफिकेट अफ रिकगनिसन प्रदान गरिएको थियो । युथ इम्प्याक्ट समिटमा अमेरिका विभिन्न राज्य तथा शहरवाट विषय विज्ञहरुसहीत करिव ५ सय बढीको सहभागिता रहेको एनआरएनए अमेरिकाका युवा कमिटिका प्रमुख सन्देश उप्रेतीले जानकारी दिनुभयो । संघका सचिव अनुप खनालले एनआरएनए अमेरिकाको आयोजनामा भएको यो युवा सम्मेलन तेस्रो भएको तथा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ४ मार्चमा न्यू ह्याम्सपायरमा विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

यसैबीच, २४ फेब्रुअरी २०२३ शुक्रवार एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत वर्ष च्याप्टरको संयोजनमा सानफ्रान्सिस्कोमा भएको नेपाल डे परेडमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सो अवसरमा सम्मान गरिएको थियो । युवा सम्मेलनको पूर्व सन्ध्यामा युवा सम्मेलनका अवसरमा आएका व्यक्तिहरुको स्वागत तथा सम्मानमा च्याप्टरले गरेको कार्यक्रमको अध्यक्षमा च्याप्टर अध्यक्ष एकदेव शर्माले गर्नुभएको थियो । च्याप्टर सचिव हरी ओझाको संचालनमा भएको कार्यक्रममा एनआरएनए आईसिसीका महासचिव डा. केशव पौडेल,एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दिसागर सुवेदी, एनआरएनए आईसिसीका युवा संयोजक अब्दुल बसिद, नेपाल अमेरिका पत्रकार संघका महासचिव सुरज भण्डारी, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्षहरु सुमन थापा, डिलु पराजुली, गोपेन्द्र भट्टराई, दिक्षा बस्नेत, महासचिव अन्जन चौलागाई, कोषाध्यक्ष राजिव श्रेष्ठ, सचिव सुनिता कंडेल, एनआरएनए अमेरिकाका अनररी मेम्बर उत्तम कार्की,न्यान्सका अध्यक्ष प्रितेश कार्की, एनआरएनए अमेरिकाका पश्चिम क्षेत्रका संयोजक श्रीराम थापा लगायतले धारणा राख्नुभएको थियो ।”