मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

कोलोराडोका समाजसेवी नारायण श्रेष्ठको “अ लाइफ अफ गिभिङ” पुस्तक लोकार्पण

कोलोराडोका समाजसेवी नारायण श्रेष्ठको “अ लाइफ अफ गिभिङ” पुस्तक लोकार्पण

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । कोलोराडोमा निवासी नेपाली समुदायका अभिभावक विकासप्रेमी समाजसेवी नारायण श्रेष्ठद्वारा लिखित पुस्तक “अ लाइफ अफ गिभिङ” शनिबार एक समारोहबीच लोकार्पण सम्पन्न भएको छ ।

पुस्तकको अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष पदम विश्वकर्मा, समाजसेवी डा. विजयराज शर्मा, लेखक स्वयं नारायण श्रेष्ठ, अनेसास केन्द्रीय सदस्य तारा अधिकारी, कलाकार, साहित्यकार तथा अनेसास कोलोराडो च्याप्टरका सल्लाहकार निर्मल प्याकुरेल र च्याप्टर अध्यक्ष राजु सिटौलाबाट संयुक्तरुपमा लोकार्पण गरिएको थियो ।

अंग्रेजी भाषामा लेखिएको पुस्तक १८ च्याप्टर २९२ पृष्ठ लामो रहेको छ । यसमा लेखकले आफ्नो जीवन कहानी तथा आफ्नो आत्मकथाको सुन्दर भाषा शैलीमा उतारेका छन् । विसं २००८ सालमा नेपालको विकट जिल्ला संखुवासभा जन्मिएका श्रेष्ठ युवा अवस्थामा नै जीवनदेखि बिरक्तिएर अरुण नदीको पुलबाट हाम फालेर आत्महत्या गर्न घरबाट निस्कँदा घोडाले बचाएको थियो । त्यस घटनाको एक वर्ष नबित्दै सन् १९७७ मा अमेरिका आउने मौका पाएका थिए ।

लेखकले पुस्तकमा प्रवासमा आप्रवासीहरुले गर्नुपर्ने संघर्ष, परिश्रम, भोग्नुपर्ने पीडा र मातृभूमिको माया सिलसिलेबार रुपमा उजागर गरेका छन् । सन् १९८५ देखि अमेरिकाको कोलोराडोलाई कर्मथलो बनाएका लेखक श्रेष्ठले सन् १९९२ मा हेपिङ हेण्ड नामक गैरसरकारी संस्था खोली त्यसकै माध्यमबाट नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्न थालेका थिए । नेपाल र अमेरिकाको स्टुडेन्ट एक्सचेन्ज प्रोगाममार्फत धेरै नेपालीलाई अमेरिका र धेरै अमेरिकीहरुलाई नेपाल पुर्‍याएका श्रेष्ठले नेपालको धेरै विकट स्थानहरुमा बसोवास गर्ने नेपालीलाई सयौँ स्वास्थ शिविरमार्फत स्वास्थ्य सेवा पुर्‍याइसकेका छन् ।

मृदुभाषि शालिन व्यक्तित्व श्रेष्ठले नेपालमा मात्र होइन, हेपिङ हेण्ड संस्थामार्फत निकारागुवा, भियतनाम, भुटान अफ्रिकालगायत देशका विकट बस्तीहरुमा शिक्षा, स्वास्थ्य क्षेत्रमा सेवा पुर्‍याइरहेका छन् । धेरै अन्तर्राष्ट्रिय सम्मेलनहरुमा कार्यपत्र प्रस्तुत गरेका श्रेष्ठले धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार तथा मान पदवीबाट सम्मानित भइसकेका छन् । उनी हालैमात्र खाँदबारी ताराको पदवीले सम्मान भएका थिए ।

मानिसको शरीरलाई मन्दिर र मुटुलाई देवता सम्झेका श्रेष्ठले दुःखीलाई सेवा गरेपछिको उसको मुस्कानले आफलाई अगाडि बढ्न उत्पेरित गरेको बताएका छन् । आफ्नो जीवनको ३५ वर्षभन्दा बढी समाज रुपान्तरणमा खर्चिएका श्रेष्ठले अमेरिकामै पहिलोपटक कोलोराडोका बोल्डरमा नेपाल डे परेटको सुरुआत गरेका थिए । त्यसैगरी नेपाल र कोलोराडोका विभिन्न सहरलाई सिष्टर सिटी बनाउन उनको ठूलो देन रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा बु्मफिल लाइब्रेरीमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका पदाधिकारी, कवी, कवयत्री, बालबालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

च्याप्टरका अध्यक्ष राजु सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रेष्ठको व्यक्तित्व चर्चा पदम विश्वकर्माले गरेका थिए भने पुस्तक चर्चा डा विजयराज शर्माले ज्यादै कुशलतापूर्वक गरेका थिए ।

त्यसैगरी समाजसेवी व्यवसायी सुनिल पाठक, रकि माउन्टेन फ्रेण्डस अफ नेपालका अध्यक्ष टीका पौडेल नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, एनआरएन कोलोराडो च्याप्टरका कार्यभार अध्यक्ष शंकर गुरुङ र अनेसास सल्लाहकार बासु खनालले शुभकामना मन्तव्य दिएका थिए । अनेसास च्याप्टर महासचिव किरण अधिकारीद्वारा सञ्चालित कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष विजयदेव अधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरका पूर्वसल्लाहकार तथा वर्तमान सल्लाहकारहरुलाई विभिन्न अतिथिहरुद्वारा खादा लगाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा गत सरस्वती पूजाको अवसरमा सम्पन्न बाल कविता प्रतियोगीतामा सहभागी बालकविहरुलाई पनि प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।