मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपाल शिक्षक संघको अध्यक्षमा इन्दिरा मरहठ्ठा निर्वाचित

नेपाल शिक्षक संघको अध्यक्षमा इन्दिरा मरहठ्ठा निर्वाचित


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

भरतपुर । नेपाल शिक्षक संघ कार्यसमिति चितवनको अध्यक्षमा इन्दिरा मरहठ्ठा (ढकाल) निर्वाचित भएकी छन् ।

उपाध्यक्षमा महिलातर्फ राधाकुमारी चौधरी र भविश्वर गुरूङ निर्वाचित भएका छन् भने सचिवमा नारायण पौडेल र अर्थसचिवमा प्रकाश भट्टराई निर्वाचित भएका छन् ।

Advertisement

यस्तै, सहसचिवतर्फ अच्युतप्रसाद लामिछाने, सहसचिव महिलामा तारा पौडेल आचार्य, सहसचिव अर्थमा एण्डिला रिजाल, सहसचिव समावेशीमा राजकुमार गुरूङ र रामचन्द्र महतो निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा ठाकुरप्रसाद लामिछाने, अनिष घिमिरे, बलराम घिमिरे, राजेन्द्र ढकाल, सदस्य महिलातर्फ इन्दिरा घिमिरे र सीताकुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, संघीय महाधिवेशन प्रतिनिधिहरुमा प्रेमराज पौडेल, आनन्दराज सापकोटा, शिवहरि अधिकारी, रुद्रप्रसाद सुवेदी, रमेश खनाल, सूर्यभक्त वाग्ले, संघीय महाधिवेशन प्रतिनिधि महिलातर्फ सीता शर्मा ढकाल, मैयादेवी अम्गाईं के.सी., शारदा खनाल निर्वाचित भएका छन् ।

यस्तै, बागमती प्रदेश प्रतिनिधिमा कमल गुरूङ, अर्जुनप्रसाद अर्याल, रवीन्द्र देवकोटा, शरदचन्द्र आचार्य, कुलानन्द भुसाल, दिलीप खनिया, केदारमणि अर्याल, बागमती प्रदेश प्रतिनिधि महिलातर्फ गंगा पौडेल, गीता न्यौपाने र नर्मदा नेपाली चयन भएको निर्वाचन समितिले जनाएको छ ।

शेयर गर्नुहोस:

216
Shares