कोलोराडो, अमेरीका – कोलोराडो निवासी नेपाली समुदायले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप, ऐक्यबद्ता, र सद्भाब अभिबृद्धी गर्दै भावी पुस्तालाई संस्कृती सीकाउने उद्धेश्यले होली कार्यक्रम आयोजना गर्ने भएका छन् ।
नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आगामी मार्च ११ तारिक शनीबारका दिन दिउसो १ बजे देखी ४ बजे सम्म नेपाली सांस्कृतीक केन्द्रमा होली खेल्ने कार्यक्रम रहेको अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।
कोलोराडो स्थित सबै संस्थाका प्रतिनीधी, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, पत्रकार, तथा सर्वसाधारण बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपालीको संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई स— परिवार कार्यक्रममा उपस्थित भई दिनु हुन संस्थाका महासचिव भोला कटुवालले सबैलाई अनुरोध गरेका छन् । एक आपसमा भलाकुसारी गर्दै होली खेली नेपाली धर्म संस्कृतीको पहिचाहन गराउने कार्यक्रमलाई भब्यताका साथ सम्पन्न पार्न सबैले यथाशक्य प्रचार प्रसार गरी सहयोग गरिदिनु हुन समेत उनले सबैलाई अनुरोध गरेका छन् ।
असत्य माथी सत्यको र अधर्म माथी धर्मको विजय प्रतिकको रुपमा मनाईने होली नेपालमा फाल्गुण शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा सुरु भएको मानिन्छ ।
नेपालको पाहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलीपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपाल संगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ । तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडी वा पछाडीको सनीबार आईतबार पारेर मनाउने चलन रहेको छ ।
दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आफ्ना पुत्र प्रलादलाई मार्ने उद्धेश्यले ब्रम्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रलादका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रलादलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु र्धम सास्त्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती रहेको छ ।
यि र यस्ता असंख्य जनश्रुती, हिन्दु संस्कृती तथा परंपरा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्य माथी सत्यको विजय स्वरुप भएको खुसियालीमा यो पर्व मनाईने चलन रहेको छ ।
प्रतिक्रिया