मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘छड्के २’ को ट्रेलर सार्वजनिक

‘छड्के २’ को ट्रेलर सार्वजनिक

हिमालय खबर

अभिनेता अनमोल केसीको प्रतिक्षित फिल्म ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार तीन ग्याङको लडाईको कथा भन्ने फिल्मको ट्रेलर सावजनिक गरिएको हो । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा ‘छड्के २’ फिल्मले प्रस्तुत गर्ने छ । यी तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताको रुपमा अनमोललाई प्रस्तुत गरिएको छ । जसमा उनी शरीरभरी ट्याटु र हतियार सहित बुलेट बाइक चढेर आफ्नो ग्याङको नेतृत्व गरिरहेका छन् ।

‘छड्के’ रिलिजको करिब १० वर्षपछि यसको दोस्रो श्रृंखला निर्माण भएको छ र यही फागुन १९ गतेबाट प्रदर्शन हुँदैछ । ‘भर्सन टू’मा अघिल्लो श्रृंखलाका रोविन तामाङबाहेक अरु कलाकार दोहोरिएका छैनन् । यसपटक सुपरस्टार अनमोल केसीको काँधमा फिल्म छ । र, उनी भएपछि एउटा कुरा के स्पष्ट छ भने फिल्मको इनिसियल व्यापार लरोतरो हुने छैन । त्यो तागत अनमोलको स्टारडममा छ । उनले यसअघिका फिल्मबाटै यो कुरा प्रमाणित गरिसकेका छन् ।

ग्याङस्टर जनरा निर्माणको हिसाबले चुनौतीपूर्ण मानिन्छ । बजेट पनि अन्य जनराको तुलनामा बढी हुन्छ । यसैले नेपालमा ग्याङस्टर फिल्म विरलै बन्ने गर्छन् । तर, यो जनराका दर्शक उल्लेख्य छन् ।