मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
मुख्य समाचार   

नागरिकताको विषयमा उदार हुँदा नेपाललाई फाइदा छ : डा. केशव पौडेल

नागरिकताको विषयमा उदार हुँदा नेपाललाई फाइदा छ : डा. केशव पौडेल


अमेरिका- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता र पासपोर्ट विवाद विदेशमा बस्दै आएका हज्जारौं नेपाली समुदायसँग जोडिएको छ । विदेशमा बस्ने नेपाली डायोस्पोरालाई प्रतिनिधित्व गर्ने गैर आवासीय नेपाली संघका महासचिव डा केशव पौडेल भन्छन- यो विषय राजनीतिसंग जोडिएकाले धेरैका चर्चा भएको हो म नागरिकताको विषयलाई उदार भएर हेर्नु पर्छ भन्ने पक्षमा छु ।

उदार हुनु भनेको के हो भन्ने हिमालयखवरको प्रश्नमा पौडेल भन्छन-‘एक पटकको नेपाली सँधैको नेपाली हुन पाउनु पर्छ । यो विषयलाई उदार भएर हेरिएको भए समस्या नै आउंदैन ।’

नागरिकताको विषयलाई उदार भएर नहेर्ने हो भने यसले नेपाललाई नोक्सान हुने म देख्छु पौडेलले भने, समाजिक र आर्थिक क्षेत्रमा यसको असर देखिने छ, त्यसैले यसलाई उदार भएर सल्टाएकै राम्रो हुन्छ ।

रवि लामिछानेले अमेरिका वस्दा यहाँको नागरिकता लिएका थिए । अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता त्याग्नु पर्दैन । नेपाल गए पछि उनले अमेरिकी नागरिकता त्यागे । रविले पहिल्लै लिएको नागरिकता अनुसार पासपोर्ट वनाए । सांसदको चुनाव लडेर जिते । तर, सर्वोच्च अदालतले प्रकृया अनुसार नागरिकता नलिएको भन्दै बदर गरिदियो । रविको पद गयो तर, त्यस लगत्तै उनले फेरी पुरानै नागरिकता पुन पाए । पासपोर्टको विवाद भने अझ बाँकी छ ।

यो राहदानीको विषय पनि ठुलो विवाद बन्नुपर्छ जस्तो मलाई लाग्दैन पौडेलले भने ।

अमेरिकामा झण्डै १ लाख नेपालीले अमेरिकी नागरिकता लिएको अनुमान छ । नेपाल वाहिर भारत बाहेक सवैभन्दा वढी नेपालीले अमेरिकाको नै नागरिकता लिएका छन् ।

एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष समेत रहेका पौडेलभन्छन् नागरिकताको यो विवादले यहाँबाट नेपाल जाने रेमिट्यान्समा समेत असर पर्न सक्छ । नेपाली समुदायमा अन्यौलता देखिएको मैले महसुस गरेको छु ।

गैर आवासीय नेपाली संघका महासचिव डा केशव पौडेल

नेपालमा घर जग्गा किनेवेच र स्वामित्वमा समेत अन्यौलता वढेको छ पौडेलले भने नागरिकताको मुद्दा उदार भएर नसल्टाउने हो भने विदेशमा वस्ने नेपालमा भएको जमिन विक्री गर्नु पर्ने अवस्था पनि आउन सक्छ ।

संविधानमा एनआरएनए नागरिकता भनिएको छ । यो प्रावधानले दोहोरो नागरिकताको व्यवस्थालाई संविधानले स्विकारेको हो । एक पटक नेपालीले लिईसकेको नागरिकतालाई निरन्तरता गर्दा धेरै समस्या समाधान हुन्छन् ।

नेपाल अहिले आर्थिक संकटमा परेको छ । रेमिट्यान्सले मात्र नेपालको अर्थतन्त्रलाई कृयाशिल वनाएको छ । अमेरिकावाट पनि ठुलो पैसा नेपाल भित्रिने गरेको छ । जग्गा जमिन किन्नमा पनि अमेरिकावाट नेपाल पैसा जाने गरेको छ ।

नागरिकताको विषयमा किन एनआरएनए चुप छ ? पौडेल भन्छन् हामी चुप त छैनौ तर, जुन रुपमा यो मुद्दालाई उठाउनु पर्ने थियो त्यस अनुसार नभएको हो कि जस्तो लाग्छ ।

अमेरिकामा यो मुद्दा उठाउन नेपाली समुदायले दवाव दिईरहनु भएको छ पौडेलले भने हामी विच टिम स्पिरिट नहुँदा हामी कमजोर देखिएको मैले महसुस गरेको छु ।

यो मुद्दा उठाउन तपाई आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिनु हुन्छ ? पौडेल भन्छन् नागरिकताको मुद्दा जसरी आईरहेको छ र विदेशको बस्ने नेपालीको चाहना सवै हेर्दा मैले अध्यक्ष भए भने यसलाई अझ राम्रोसँग उठाउँछु  भन्ने लागेको छ । त्यसैले नेतृत्वका जाने विषयमा सवैसंग राह सल्लाह लिईरहेको छु ।

यो परिस्थितिमा सायद म नेतृत्वका लागि अगाडी वढ्छु भन्ने छ पौडेलले भने ।