मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

फेब्रुअरी २० सम्म नेजाको सदस्यता नवीकरण गर्न आग्रह

फेब्रुअरी २० सम्म नेजाको सदस्यता नवीकरण गर्न आग्रह


शेयर गर्नुहोस:

783
Shares

  • change font
  • change font
  • change font

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सदस्यता नवीकरण गर्न सम्बन्धित सबै पत्रकारहरुमा सूचित गरिएको छ ।

संघको विधान–२०२२ ले व्यवस्था गरेअनुसार साधारण सदस्यले आवश्यक शुल्क बुझाई आफ्नो सदस्यता नवीकरण गर्न एवम् आफ्नो सदस्यतालाई आजीवन सदस्यमा रुपान्तरण गर्न सकिने नेजाका अध्यक्ष विकासराज न्यौपानेले सम्बन्धित सबैमा जानकारी गराएका छन् ।

Advertisement

अध्यक्ष न्यौपानेले संघको विधानले व्यवस्था गरेअनुसार अधिवेशनमा भाग लिनका लागि अधिवेशन हुनुभन्दा तीन महिनाअघि (साधारण सदस्यहरूको हकमा) सदस्यता प्राप्त गरेको वा नवीकरण गरेको हुनुपर्ने भएकाले अधिवेशनमा सहभागी हुनका लागि आउँदो फेब्रुअरी २०, २०२३ भित्र नवीकरण गर्न वा आजीवन सदस्यता लिनका लागि सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

नवीकरण गर्नुपर्ने सदस्यहरुको सूची यसअघि नै इमेलमार्फत सम्प्रेषित गरिसकिएको र नवीकरण वा आजीवन सदस्यताका लागि लिंक https://www.neajausa.org/associate-and-general-renewal-member-form/ मा क्लिक गर्न सक्ने बताइएको छ ।

संघको १६औँ साधारण सभा तथा आठौँ अधिवेशन यही मे महिनाको २० र २१, २०२३ मा टेक्सस राज्यको ह्युस्टन सहरमा हुन गैरहेको नेजाका महासचिव सुरज भण्डारीले जानकारी दिए ।

शेयर गर्नुहोस:

783
Shares