मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / जीवनशैली   

स्वास्थ्यको बिषयलाइ पत्रकारहरुले आधारभुत दायित्वका रुपमा बहन गर्नुपर्छ : अध्यक्ष पोख्रेल

स्वास्थ्यको बिषयलाइ पत्रकारहरुले आधारभुत दायित्वका रुपमा बहन गर्नुपर्छ : अध्यक्ष पोख्रेल

- देवेन्द्र बस्नेत


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

दाङ,फागुन ५ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले जन स्वास्थ्यको मुद्दालाइ पत्रकारहरुले गम्भिरताका साथ उठाउनु पर्ने बताएका छन । स्वास्थ्य जस्तो संबेदनसिल बिषयलाइ सुचनाका माध्यमबाट आम नागरिकलाइ सुसुचित बनाउने दायित्त्व सन्चार माध्यमको रहेको भन्दै पोख्रेलले स्वास्थ्यको बिषयलाइ पत्रकारहरुले आधारभुत दायित्वका रुपमा बहन गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल

हात्तीपाइले रोग बिरुद्धको औषधि सेवन बारे दाङका पत्रकार हरुसङ्ग जिल्ला स्वास्थय कार्यालयले पत्रकार हरुसङ्ग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष पोख्रेलले नागरिकलाइ स्वस्थ बनाउन सुचनाको अहम भुमिका रहने बताए । “नागरिकलाइ स्वस्थ बनाउने दायित्व हामी पत्रकारहरुको पनि हो,”पोख्रेलले भने “स्वास्थ्य सम्बन्धी हाम्रो सुचनाले नागरिकलाइ सुसुचित गर्छ ।”

नागरिकलाइ स्वस्थ बनाउने महाअभियानमा पत्रकारहरुलाइ सकृय बन्न आग्रह गर्दै पोख्रेलले स्वास्थ्य भित्रको बेथितिलाइ पनि उजागर गर्नु दायित्व पनि पत्रकारहरुकै रहेको बताए । “स्वास्थ्य क्षेत्र भित्र बेथिती छन भने त्यसलाई एक्स्पोज गर्ने दायित्त्व पनि हामी पत्रकारहरुकै हो,”पोख्रेलले भने “यसले नागरिकको स्वास्थ्य प्रती स्वास्थ्य संस्थालाई थप जिम्मेवार बनाउँछ ।”

शेयर गर्नुहोस:

189
Shares