मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा डब्लुएचओको भूमिका महत्त्वपूर्ण

बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा डब्लुएचओको भूमिका महत्त्वपूर्ण

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया । बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए ।

जिल्लाको गुलरिया नगरपालिका २ मा १ जना वडा नं ९ मा ३ जना र बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया नगरपालिकामा १ जना गरी जम्मा १० जनामा दादुरा रुबेला देखिएपछि बढैयाताल र गुलरिया नगरपालिकाको वडा नं ९ मा खोप लगाएसँगै दादुरा रुबेला शून्यमा झरेको जानकारी दिए ।

उनले दादुरा संक्रमण देखिएको पालिकाका शतप्रतिशत बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिएकोले डराउनुपर्ने अवस्था नरहेको बताए ।

गुलरिया नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिवकुमार चौधरीले गुलरियाको वडा नं ९ टेपरीमा ३ जनामा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति पाल रमनलगायतका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरी खोप, भिटामिन ए क्याप्सुललगायतका औषधि उपलब्ध गराएको बताए ।

उनले भने, दादुरा रुबेला नियन्त्रणमा विश्व स्वास्थ्य संगठनका चिकित्सक रमनसहितको टोलीको अथक प्रयासका कारण बर्दियामा दादुरा रुबेला समयमा नै नियन्त्रणमा आएको जिकिर गरे ।