मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ ।

मन्त्रालयले बिहीबार सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

Advertisement

अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गर्न र त्यससम्बन्धमा सरकारले के–के गर्नुपर्ने हो सुझावसहितको प्रतिवेदन तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको गृहमन्त्री रवि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।

आचार्यले मङ्गलबार बानेश्वरमा आत्मदाहको प्रयास गरी घाइते भएकामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आचार्यको निधनपश्चात कीर्तिपुरस्थित अस्पताल पुगेर बुधबार अपराह्न नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरूसँग भेट गरी समस्यामा सरकारसँगै रहेको र आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरी समाधान खोज्न प्रयत्न गर्ने आश्वासन दिएका थिए ।

शेयर गर्नुहोस:

189
Shares