मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

‘प्लीज’ प्रेम बन्ने प्रयत्न नगर्नुहोला !

‘प्लीज’ प्रेम बन्ने प्रयत्न नगर्नुहोला !

संजोक आचार्य

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क। बेलायतका चर्चित दार्शनीक फ्रान्सिस वेकनले भनेका छन्, “ मैले शुरुवातमा गरेका एक सय काममा ९० वटामा असफल हुन्थे । त्यही असफलताबाट सिक्दै सयौं पटकको काममा भने म सफल भए । ”

अर्थात, असफलतानै सफलताको प्रतिक हो । ढुंगालाई कुटेरनै मूर्ति बन्ने हो । मानिसको जन्मनै रुन्चे अनुहार लिएर हुन्छ, त्यसैले उसको जीवनमा दुःख त आइनैरहन्छ । कोही मानिस आफू दुःखी भएन भने अरुको दुःखबाट पनि उ दुःखीत हुने गर्दछ ।

जीवनमा क्रृण लाग्नु, ठक्कर खानु, हरेस खानु, निरास छाउनु स्वभाविकनै हो । त्यसैको आधारमा कोही पनि यूवाले आत्मदाह र आत्महत्या भन्ने गर्नुहुन्न । अमेरिकालगायत विकासित देशमा त क्रृण लाग्नुलाई गुड क्रेडिडमानै मानिन्छ ।

तपाईले कुनै कामको लागि प्रयत्न गरिरहनुभएको छ र त तपाई सफल वा असफल हुनुभयो । परीक्षा दिने मान्छेनै पास वा फेल हुने हो । शुरुमा काडामा हिडेर फूलमा हिड्नुको मजानै बेग्लै छ । संसारका सफल मानिसहरुको जीवनी पढ्नुभयो भने ती सबै असफलताबाट गुज्रेरनै आएका हुन् ।

फेरी, सफलताको मापन के हो ? तपाई केलाई सफल मान्नुहुन्छ ? पैसां, पद र परिवार ? यी सब चीज छोडेर गौतमबुद्ध ज्ञानको खोजीमा निस्कीए । अब त्यसलाई के भन्ने ?

अहिले नेपालमा युवाहरु सफलताको छोटो मार्गको खोजीमा भौतारिरहेका देख्छु म । जीवनमा पहिलो खुड्कीला नटेकिकन एक्कासी माथि उक्लीदा लड्न पनि सकिन्छ । संयौ दुःखका खुड्कीला पार गरेपछि मात्र तपाईले जीवनको असली अर्थ थाहा पाउनुहुन्छ । दुःख नगरिकन कसैलाई अरबौं रकमको चिठ्ठा पर्यो भन्दैमा आफूले परिश्रम गर्न भने छाड्नुहुन्न । कसैको भाग्यनै त्यस्तै हुन्छ त तपाई के गर्नुहुन्छ । कोही पहिलो पाईलामानै सयौं खुट्कीला माथि उक्लीएर सर्बौच्च स्थान हासिल गर्ने ग्रहनै बोकेर आएका हुन्छन् । त्यस्ता केही अपवादका पात्रलाई छोडेर आफूभन्दा तल्लो बर्गका मानिसलाई हामिले हेरौं । संसारमा दुःखका कति प्रकारहरु छन् ।

यही प्रसंगमा तपाईलाई म एउटा सत्य कथा पनि सुनाउन चाहन्छु । एकदिन दश बर्ष बिदेशमा काम गरी स्वदेश फर्किदै गरेका एक युवाले निराश अनुहार पार्दै आफ्नो गाउँको शिक्षकलाई भन्छ, — “सर मैले जीवनमा धेरैनै दुःख पाए, परदेशमा यत्रो काम गरी घर बनाउने र बिवाह गर्ने पैसा पनि कमाउन सकिन ? उत्तरमा शिक्षकले भनेछन्, “ हो त्यसभए तिमीसंगै एसएलसीसम्म पढेका सबै साथिहरु के के गर्दैछन् एकपटक खोजेर ल्याउन त ।”त्यपपछि ती यूवा साथीको खोजीमा गाउँतीर निस्कीन्छ । कतिपय साथिको सानो उमेरमानै बिवाह भएको रहेछ । कोही पढाई र क्यारिएरलाई निरन्तरता दिन नसककेकोमा ठूलो पिडा रहेछ । कतिपय साथि पारिवारिक बोझका कारण उमेरनै नपुगी कपाल फुलेर बुढो देखिने भैसकेका रैछन् । कोही साथिको रोगको कारण मृत्यु पनि भइसकेको रैछ । केही साथि ब्यापार ब्यबसाय नफस्टाएर गाउँमा क्रृणमा चुर्लुम डुबेका रहेछन् । केही साथि श्रीमति र छोराछोरीको कारण घरबारबिहिन भएका रैछन् । कोही साथि रोगी भएर कठिन जीवन बिताइरहेका थिए । यो सब देखेर उसले आफूलाई मूल्यांकन गर्यौ र जीवमा म भन्दा दुःखी पनि अरु रैछन् भन्ने पत्तो पायो । त्यसपछि सरलाई धन्यबाद भन्दै काममा निस्कीयो ।

मैले यो सब के अर्थमा भनिरहेको छु भने परदेशमा रहेका हामी जस्ता युवा विहान आखा मिच्दै धरदेशका राम्रा समाचार हेर्न आतुर हुन्छौ । तर, केही समाचारले यतीसम्म दुखी बनाउछ कि
त्यसको कसरी ब्याख्या गरु म । राती सुत्दा राम्रो सपना देख्ने हामी जस्ता युवालाई बिहान उठ्नै बित्तिकै यस्ता खबरले फेरी निराश बनाउछ ।

लामो फेसबुक स्टाटसमा देशको अबस्था बर्णन गर्दै निराशा पोख्दै एउटा युवाले आगो लगाई आत्मदाह गर्छ । त्यो भन्दा पिडादायी समाचार के हुन सक्छ । त्यो स्टाटस पढ्ने अरु युवाको हालत के भयो होला ? कतिपयले यसो भनेको पनि सुने ( “ मेरो पनि हालत यस्तै छ ।”

यसले समाज कता लाग्दै छ । युवाहरुमा किन यस्तो निराशा ? के आत्मदाहले सबै समस्याको समाधान निस्कन्छ त ? आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यप्रति मेरो हार्दिक श्रद्धाञ्जली छ । तर, जीवनमा क्रृण लाग्यो, ब्यपार ब्ययबसायमा सफल भइन, छिमेकी, साथीभाई र आफन्तले पैसा खाइदियो, सरकारको नीति राम्रो भएन, परीक्षामा फेल भए, प्रेमीले बिवाह गरेन भन्दै आत्महत्या र आत्मदाहचाही प्लीज नगरिदिनुहोला । तपाईको जीवन तपाईको मात्र हैन, तपाईको लागि पनि अरु कोही बाचिरहेको छ, यसको भन्ने हेक्का राखिदिनुहोला ।

अध्यारोपछि आउने उज्यालोनै हो । रातपछि दिन अबश्यनै आउछ । कुनै ठाउमा छिटो सूर्य उदाउछ भने कुनै देशमा ढिलो अस्ताउछ । पृथ्वीको भौगोलिक बनोटनै यस्तै छ । तपाई जुन देश, ठाउमा भएपनि अस्ताएको सूर्यले उदाउनै पर्छ । त्यसैले आफ्नो अमूल्य जीवनको मूल्य बुझ्नुहोस् निराश भएर नकारात्मक कदम नचाल्न यही लेखमार्फत म अहिलेका युवावर्गलाई बिनम्र अनुरोध गर्न चाहन्छु । धन्यबाद !