मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नरैनापुरमा ९ हजार ९१३ जना बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

नरैनापुरमा ९ हजार ९१३ जना बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नरैनापुर । नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्षमुनिका ९ हजार ९१३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।

नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९१३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् ।

सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर विवेक पौडेलका अनुसार नरैनापुरका ७ वटा वडामा खोप अभियान सञ्चालन भइरहेको बताउँदै सोमबारसम्म लक्ष्यअनुसार खोप लगाई सक्ने जिकिर गरे ।

खोप अभियानको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ, डब्लुएचओका Surveillance Medical Officer डाक्टर तृप्ति पाल रमन लगायतले शनिबार खोपको अनुगमन गरेको नरैनापुर स्वास्थ्य शाखाले जनाएको छ । नरैनापुरमा फैलिएको दादुरा सङ्क्रमणबाट २१ जना बालबालिका सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये १६ जना होम आइसोलेसनमा उपचाररत छन् भने ५ जना निको भइसकेका छन् ।

शनिबार नरैनापुर गाउँपालिकाभित्र ६ वडाका ११ खोप केन्द्रमार्फत दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

यता नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले खोप सञ्चालनमा कुनै कमी हुन नदिन कर्मचारीहरुलाई निर्देशन दिँदै नियमित रुपमा खोप केन्द्रको अनुगमन र स्थानीयहरुसँग खोप लगाउन आग्रह गर्दै आएका छन् ।