मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् राना निर्वाचित

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् राना निर्वाचित

?????????????? ???????? ???? ????????? ????????? ????????? ???????? ????? ??????? ???? ??? ? ??????? ????????? ????/????

शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो ।

सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे ।

Advertisement

उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक जनाले भने मत दिएनन् । रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएन ।

रास्वपाका उम्मेदवार थापाको प्रस्तावकमा सोही दलका सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङदेन थिए । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल थिए ।

यसअघि कांग्रेसका अर्जनु नरसिंह केसी, रुपा सोशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव, नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र जनमत पार्टीका गोमा लाभ (सापकोटा)ले आ–आफ्ना पार्टीले समर्थन गरेका उपसभामुखका उम्मेदवारको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद् अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि आ–आफ्नो धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।

शेयर गर्नुहोस:

189
Shares